back
CTIZAN AD

चीनले नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम रद्द गर्ने

वि.सं.२०७६ माघ १० शुक्रवार

954 

shares

१० माघ, बेइजिङ । पछिल्लो केही समयदेखि विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइरसको सङ्क्रमण थप फैलिनबाट रोक्नका लागि बेइजिङले चिनियाँ नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम रद्द गर्ने भएको छ ।

सरकारले शुरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिसो, फ्लु वा निमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ कोरोना भाइरस (२०१९–कोभ) को सङ्क्रमण हरेक दिन फैलिएका सूचनापछि श्वास्थ्य अधिकारीहरूको अनुरोधमा सरकारले नयाँ वर्ष मनाउँदा ठूलो जमघटलाई प्रोत्साहन नगर्न नागरिक तथा स्थानीय प्रशासनहरूलाई आग्रह गरेको बिहीबार जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न गरिएको अनुरोधपछि चीनभर विशेष उल्लाससाथ मनाइने नयाँ वर्षका खास गरी ठूला जमघटहरू तथा मन्दिरहरूमा लाग्ने मेलाहरू समेतलाई रद्द गर्न स्थानीय प्रशासनले सूचना जारी गरिसकेका छन् ।

चिनियाँहरू नयाँ वर्षमा आफ्ना वर्षभरिका बोझलाई बिसाउँदै कामबाट बिदा लिई घर फर्किने र सामूहिक जमघटका कार्यक्रममार्फत रमाइलो गर्ने चलन रहेको छ ।

वि.सं.२०७६ माघ १० शुक्रवार ०८:४४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...