back
CTIZAN AD

कोरोनाबाट बच्न इबोलाका बेलाजस्तै हेल्थ डेस्क स्थापना गर्नुपर्ने चिकित्सकको सुझाव

वि.सं.२०७६ माघ १० शुक्रवार

939 

shares

१० माघ, काठमाण्डौं । चीनबाट फैलिएको कोरोना भाइरस, मकाउ, थाइल्याण्ड, जापान, अमेरिका लगायतका देशमा फैलिएर जनजीवन त्रासमय बनाइरहेको बेला नेपालमा पनि यसको रोकथामका लागि पूर्वतयारी गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

शुक्रराज ट्रपिकल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले मुलुकको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विशेष चिकित्सक सहितको हेल्थ डेस्क तत्काल खडा गर्नुपर्ने बताएका छन् । पुनले कोरोना भाइरसबाट बच्नका लागि विशेष गरेर भारत र चीनका सीमा नाकामा विशेष ध्यान दिनुपर्ने समेत सुझाएका छन् ।

त्यस्तै ट्रपिकलकै अर्का विशेषज्ञ डा. अनुप बाँस्तोलाले पनि कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि इबोला भाइरस फैलिएका बेलाजस्तै हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताएका छन् ।

उनले यो भाइरसबाट जोगिनका लागि सरकारले अहिले नै तयारी थाल्नुपर्ने सुझाव दिएको पनि शुक्रबारको नागरिक दैनिकमा समाचार छ ।

के हो कोरोना भाइरस, यसको संक्रमणबाट बच्न के गर्ने ?

 

वि.सं.२०७६ माघ १० शुक्रवार ०८:४५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...