back
CTIZAN AD

के हो कोरोना भाइरस, यसको संक्रमणबाट बच्न के गर्ने ?

वि.सं.२०७६ माघ ९ बिहीवार

999 

shares

नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भइसकेको छ । भ्रमण वर्ष २०२० को तयारी तथा प्रचार–प्रसार विदेशमा रहेका थुप्रै नेपाली संघ संस्थाले गरिरहेका छन् । तर, केही सातादेखि चीन, अमेरिका, जापान, दक्षिण कोरिया सम्म पुगेको कोरोना भाइरसका कारण नेपाली पनि त्रसित हुनुपर्ने अवस्था आइसकेको छ ।

यतिबेला नेपाल भ्रमणमा आउने पर्यटकहरुको स्वास्थ्य जाँचलगायतका कुरामा सरकारले कस्तो तयारी अपनाउने भन्ने कुरा अझै निक्यौल भइसकेको छैन । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएपनि त्यसको सहि व्यवस्थापन हुन सकेन भने यसले पर्यटक नेपाल आउने होइन, झन विश्वमै नराम्रो सन्देश जान्छ कि भन्नेमा सरकार चनाखो हुन उत्तिकै जरुरी छ ।

भ्रमण वर्षका लागि धेरै क्षेत्रमा धेरै व्यवस्थापन गर्नुपर्ने टड्कारो देखिएपनि अहिलेको जल्दो बल्दो समस्या भनेको कोरोना भाइरसको हो । छिमेकी देशमा देखिइसकेको र छिमेकी देशकै पर्यटक नेपालमा बढी आउने भएकाले पनि यस भाइरसलाई कुनैपनि बहानामा सरकारले नजरअन्दाज गर्न मिल्दैन । सहि जनशक्ति र विशेषज्ञ टोली बनाएर आफ्ना जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि सरकार बेलैमा चनाखो हुनैपर्छ अन्यथा यसले भयावह रुप नलेला भन्न सकिन्न ।
के हो कोरोना भाइरस ?
कोरोना भाइरस खासगरी जनावरहरुमा पाइन्छ । त्यसमध्ये हालसम्म ६ प्रजातिका भाइरसले मानिसमा असर पुर्याउँदै आएको छ । हालैमात्र देखिएको यो नयाँ भाइरसले अत्यधिक मात्रामा हाम्रो श्वास प्रस्वासमा समस्या पुर्याएको पाइएको र यो श्वास प्रश्वासबाटै सर्ने स्वास्थ्य विज्ञको भनाई छ । चीनको wuhan प्रान्तमा पर्ने wuhan Hunan haixian pifa shicrang   नाम गरेको सि फुड र मासुको होलसेल मार्केटमा गएका व्यक्तिमध्येमा पहिलोपटक यो भाइरस संक्रमण भएको पाइएको थियो । त्यसैले पनि अहिले यो मार्केट चीन सरकारले पूर्णरुपमा बन्द गरिदिएको छ ।

यसका असर
कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । हङकङमा पनि ३९ वर्षीय व्यक्तिमा देखिएको छ भने मकाउमा पनि ५२ वर्षीय विजनेश वुमनमा देखिएको पाइएको छ । यो भाइरसबाट ३०० भन्दा बढी व्यक्ति संक्रमित भएको बताइएको छ । साथै अमेरिकामा पनि एक व्यक्तिमा भेटिएको समाचार छ ।

कोरोना भाइरसबाट बच्न के गर्ने ?
-धेरै भिडभाडमा नजाने । जानै परे पनि कम जाने र मास्क अनिवार्य लगाउने ।

-साबुन पानीले हात धुने अथवा पानी र सावुन नभएको अवस्थामा स्यानिटाइजरले २० सेकेण्डसम्म राम्रो तरिकाले हात रगड्ने ।

-पब्लिक बस, कार, लगायतका गाडीहरुमा चढेर आउनासाथ साबुन पानीले हात धुने ।

-ज्वरो तथा खोकी लागेको मानिसको नजिक नजाने ।

-कम पकाएको वा काँचो मासु खाँदै नखाने ।

-ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएमा तुरुन्त हस्पिटल गइहाल्ने । यदि विदेशमा घुम्न गएर फर्कनुभएको हो भने त्यो पनि जानकारी दिने ।  एजेन्सीको सहयोगमा

 

 

वि.सं.२०७६ माघ ९ बिहीवार १०:०० मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...