back
CTIZAN AD

नवजात शिशु र सुत्केरी आमा जोगाउन विशेष तालीम

वि.सं.२०७६ माघ ९ बिहीवार

831 

shares

९ माघ, सुर्खेत । नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई विशेष तालीम ‘मास्टर प्रशिक्षक कोर्ष’ दिइएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पुरा गरेका हुन ।

बच्चालाई निस्सासिँदो अवस्था तथा सुत्केरी अवस्थामा आमाको अत्यधिक रक्तश्रावले हुने मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वाधानमा यहाँ तालीम सञ्चालन गरिएको थियो ।

कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत नर्स तथा अनमीले सो तालीम प्राप्त लिएकोे सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिए । सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य कसरी सुरक्षित गर्ने भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

कर्णालीप्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अमरबहादुर थापाले बच्चा र आमाको जीवन बचाउन तालीम लिएका स्वास्थ्यकर्मी प्रमुख आधार हुने बताए ।

उनले भने, “आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन चिकित्सक एवं स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको छ । यद्यपि रुढीवादी सोचमा परिवर्तन हुन नसकेसम्म यहाँका आमा र शिशुको मृत्युदर कमी ल्याउन अझ बढी चुनौती देखिन्छ ।”
प्रदेशसभा सदस्य पद्मा खड्काले भौगोलिक विकटताका कारण पनि कर्णालीको स्वास्थ्य अवस्था सुधार ल्याउन समस्या भएको बताए ।

प्रमुख प्रशिक्षक डा माइकलले ‘मास्टर तालीम कोर्ष’ कर्णालीका लागि कोशेढुङ्गा सावित हुने र तालीम लिएका स्वास्थ्यकर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी छ भने । ल्याटर–डे–च्यारिटिजका कन्ट्री डाइरेक्टर भोन्डेन वर्गले प्रशिक्षक कोर्ष प्राप्त गर्ने सबै स्वास्थ्यकर्मीलाई इमान्दार एवं लगनशील भएर काम गर्नुका साथै प्रशिक्षक कोर्षबाट सिकेका कुरा अरुलाई सिकाउनसमेत आग्रह गरे ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स सिर्जना कार्कीले ‘मास्टर प्रशिक्षक कोर्ष’ चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि उचित मार्गनिर्देशन हुने छ भने ।

कर्णालीको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआउँदा विगत तीन वर्षमा यहाँका १९५ महिला तथा गतवर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो । राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुँदा कर्णालीमा २९ रहेको छ ।

वि.सं.२०७६ माघ ९ बिहीवार १०:०४ मा प्रकाशित

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...