back
CTIZAN AD

५० हजार डलरमा किन्न सकिन्छ अमेरिकामा ग्यास स्टेशन

वि.सं.२०७६ माघ १५ बुधवार

585 

shares

तपाईले नया स्थानमा बस्दै जादा वा सम्भावित स्थान वा राज्यहरुमा यस्ता अबसरहरु प्रशस्त पाउनु हुनेछ​। ग्यास स्टेशन खरिद गर्दा सबैभन्दा बढि डलर गुडविलका लागि तिर्नुपर्ने हुन्छ बिक्रिकर्तालाई। यदि शुन्य गुडविल पाइएन भने पनि केहि हजार डलर गुडविल र इन्भेन्टरि सामान कुनै कुनै बेला बिक्रिकर्ता सेलरले तपाईलाई ६ महिना, १ बर्ष, १८ महिना, २४ महिना वा ३६ महिनाका लागि प्रमिसरि नोट बनाएर फाइनान्स गरिदिन सक्दछ​। यस्तो अबस्थामा तपाईलाई आन्तरिक ब्यबस्थापन​, कागजात एबम ब्यबसायको सामान्य तयारिका लागि लाग्ने खर्च बाहेक अन्य खर्च रकम तत्काल अपफ्रण्ट नचाहिन सक्दछ​।

५० हजार भित्रैबाट ग्यास स्टेशन किन्न सकिन्छ अमेरिकामा। यहि लेखेको थिए मैले केहि दिन अघि। बाचा गरेको कसरि किन्न सकिन्छ र कुन अबस्थामा किन्न सकिन्छ भनेर बेलिबिस्तार चाहि अर्को लेख लेख्छु भन्दाभन्दै ब्यस्तता र अन्य बिषयबस्तुले भुल्याइदियो मलाइ तर मेरा शुभचिन्तकहरुले चाहि भुल्नु भ​एको रहेनछ​। मेरो म्यासेज बक्समा लौ है सर लेख त हामी पर्खिरहेका छौ। नभुल्नुहोला भनेर मलाइ झकझक्याइ नै रहनु भयो र यो लेखेँ ।

न्युयोर्क​, क्यालिफोर्निया, डिसि लगायतका महङ्गा शहर र राज्यहरुमा ५० हजारमा ग्यास स्टेशन किन्न सक्छु भनेर चाहि दिमागबाट हटाइदिनुहोस पहिले। अब आउनुहोस लाग्नुहोस कन्ट्रिसाइड अर्थात सस्तो, एफोर्डेबल राज्यका रिमोट क्षेत्र तर्फ लाग्नु पर्नेहुन्छ ग्यास स्टेशन किन्न​, कमाउन र बचत गर्न​। जहा ओभरहेड खर्च कम हुने गर्दछ तर आम्दानि एबम ब्यबसायिक लाभको मात्रा पनि बढि हुने गर्दछ रिमोट एरियातिर​।

गाउ पस्नुहोस अमेरिकाको, यदि साच्चि नै तपाई ग्यास स्टेशन सस्तो मुल्यमा किन्न​, कहिलेकाहि मुल्य अर्थात शुन्य गुडविलमा प्राप्त गर्न​, सहुलियति दरमा खरिद गर्न चाहानु हुन्छ र तपाईको लगानिको बजेट कम छ तर यस ब्यबसाय सम्बन्धि तपाईसँग अनुभव चाहि छ भने ।

१) गाउ पस्ने

२) अनुभब सगाल्ने

३) स्थानिय ब्रोकर​, चिनेका मानिस​, अनलाइन र खरिदबिक्रिका लिङ्कहरु खोज्नुहोस​।

४) लोकेशन हर्नुहोस​

५) तपाइ किन्न लाग्दै हुनुहुन्छ यस्तो बिक्रिकर्ता खोज्नुहोस जहा बिक्रिका लागि बाधयत्मक परिस्थिति हेर्नुहोस​।

६) बन्द हुन लागेका, चलाउन नसकेका, म्यानपावर नभ​एका, स्वास्थ्यका कारणले बेच्न लागेका, बेच्नै पर्ने अबस्थाका बिक्रिकर्ताहरु खोज्नुहोस​। बजारमा प्रशस्त पाउनु हुनेछ​।

७) गुडविल तिर्नै नपर्ने खोज्न सक्नुहुनेछ​, पाउनु हुनेछ तर पर्खनु पर्ने हुन्छ र तपाईसङ्ग लिङ्कचाहि हुनै पर्दछ​।

तपाईले नया स्थानमा बस्दै जादा वा सम्भावित स्थान वा राज्यहरुमा यस्ता अबसरहरु प्रशस्त पाउनु हुनेछ​। ग्यास स्टेशन खरिद गर्दा सबैभन्दा बढि डलर गुडविलका लागि तिर्नुपर्ने हुन्छ बिक्रिकर्तालाई। यदि शुन्य गुडविल पाइएन भने पनि केहि हजार डलर गुडविल र इन्भेन्टरि सामान कुनै कुनै बेला बिक्रिकर्ता सेलरले तपाईलाई ६ महिना, १ बर्ष, १८ महिना, २४ महिना वा ३६ महिनाका लागि प्रमिसरि नोट बनाएर फाइनान्स गरिदिन सक्दछ​। यस्तो अबस्थामा तपाईलाई आन्तरिक ब्यबस्थापन​, कागजात एबम ब्यबसायको सामान्य तयारिका लागि लाग्ने खर्च बाहेक अन्य खर्च रकम तत्काल अपफ्रण्ट नचाहिन सक्दछ​। यदि तपाईलाई कुनै स्टोर शुन्य गुडविल पर्यो, जसको ब्यबसाय​, सेलिङ्ग लेभल नोमिनल छ र तपाई आफुले थप परिश्रम गरेर राम्रो गर्न सक्ने ठाउ र अबस्था छ भने केहि ब्यबस्थापन र थप केहि इन्भेन्टरिमा खर्च गरे मात्रै पनि तपाईसङ्ग सानै रकमबाट ब्यबसाय प्राप्ति एबम सन्चालनको पहुच पुग्न सक्दछ​।

कुनै सेलर रिटायर्ड हुदैछ यस ब्यबसायबाट​, सेलरको स्वास्थ्य अबस्था डाउन छ र सेलरलाइ जुनसुकै अबस्थामा पनि ब्यबसाय बेच्नु छ​, कुनै ग्यास कम्पनिको प्रर्पटि छ वा कुनै सेलरको पार्टनरहरु बिच अत्यन्तै बेमेल भ​एको अबस्था छ​, कुनै कसैको पारिवारिक कारणहरु आइलागे, कोहि ठाउ छोडेर जान लाग्दैछ​। यस्ता बिबिध कारणहरुका कारण तपाईले शुन्य गुडविलमा ब्यबसाय भेट्नसक्नु हुन्छ​। यस्तो अबस्थामा तपाइलाइ त्यहा रहेको इन्भेन्टरिको १०-१५ हजार तिर्ने र १० देखि १५ हजारको थप इन्भेन्टरि थप्दा, ५ हजार कागजात​, लाइसेन्स एबम तयारिका लागि खर्च गर्दा लगभग तपाईको ३० हजार डलर खर्च भैसक्यो, तपाईले आफुलाई भैपरि आउने खर्चका लागि १० हजार थप राख्नुहोस ब्याक मनि र बाकि रहेको १० हजारले ज्ञस स्टेशनको लागि चाहिने केहि इक्बिप्मेन्टहरु किन्नका लागि पनि तत्कालका लागि सानै तह अर्थात ५० हजार डलरबाटै ग्यास स्टेशन किन्न र सन्चालन गर्न सक्नुहुनेछ​।

यस्तो अबस्थामा केहि समय आफै चलाउने, आफै बस्ने ब्यबसायमा र स्थानिय ग्राहकहरुको चाहना, माग र उनिहरुको क्षमता एबम अबस्था हेरि बिस्तारै ब्यापार भ​एकै रकमबाट थोरै थोरै गरि सामान जुटाउदै जान सक्नुहुनेछ​।

वि.सं.२०७६ माघ १५ बुधवार १४:२८ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...