back
CTIZAN AD

अमेरिकी दूतावासले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनायो

वि.सं.२०७३ मंसिर २५ शनिवार

849 

shares

२५ मंसिर, काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी। टेपलेट्जको आतिथ्यमा मङ्‌सिर २४ गते आयोजित “लैङ्गिक हिंसाको रोकथाम र सम्बोधनका कानुनी र कार्यान्वयन पक्ष” विषयक प्यानल छलफलसँगै उक्त अभियान सम्पन्न भएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका मा। सदस्य मोहना अन्सारीको सहजीकरण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रमेश ढकालको उपस्थिति रहेको उक्त कार्यक्रममा भएको छलफल लैङ्गिक हिंसाको रोकथाम र सम्बोधनका लागि नेपाल सरकारको कार्यसञ्‍चालन निर्देशिकाको कार्यान्वयन, नेपालको कानुनी प्रणालीअन्तर्गत पीडितका हकअधिकार र लैङ्गिक हिंसाका पीडितलाई अझै राम्रोसँग संरक्षण गर्दै दोषीमाथि कारवाही गर्न आवश्यक सम्भावित कानुनी सुधार लगायतका विषयमाथि केन्द्रित थियो ।

मन्तव्यका क्रममा राजदूत टेपलेट्जले भन्नुभयो, “सबल लोकतान्त्रिक समाजको निर्माण गर्नका लागि लैङ्गिक समानता र महिला सशक्तीकरण अति महत्त्वपूर्ण छ । बजार अर्थतन्त्रको वृद्धि र स्वास्थ्य र शिक्षा क्षेत्रका चुनौतीहरूको सम्बोधन गर्ने दिशामा यसले खुला तथा जवाफदेही शासनलाई समर्थन गर्छ, गरिबीको निवारण गर्छ र शान्ति सुरक्षालाई अघि बढाउँछ।” मङ्‌सिर २१ गते राजदूत टेपलेट्जले लैङ्गिक हिंसाका पीडित र हिमायतीहरूसँग भेटी लैङ्गिक हिंसाको रोकथाम र सम्बोधन गर्ने र छात्रछात्राका लागि लैङ्गिक हिंसामुक्त विद्यालय कायम गर्ने कार्यमा युवाको भूमिकासम्बन्धी छलफल गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसको अवसरमा मङ्‌सिर १७ गते राजदूत टेपलेट्जले आयोजना गर्नुभएको गोलमेच सम्मेलनमा भएको छलफल बालश्रम, बलात् श्रम र बँधुवा मजदुरीको उन्मूलनका लागि आवश्यक कार्य पहिचान गर्ने र प्रमुख पात्रहरूबीच थप समन्वयलाई प्रोत्साहन दिने विषयमा केन्द्रित थियो। मङ्‌सिर १० गते दूतावासका कर्मचारीहरूले बैजनी रङको पोशाक लगाउँदै घर, छरछिमेक, कार्यस्थल र विद्यालयमा हुने लैङ्गिक हिंसाको रोकथाम र सम्बोधनप्रति ऐक्‍यबद्धता जनाएका थिए। अमेरिकी दूतावासले व्यक्तिगत अन्तरक्रिया, नीतिगत छलफल र सामाजिक सञ्‍जालमार्फत लैङ्गिक हिंसाविरुद्धको विश्‍वव्यापी सङ्‌घर्षलाई समर्थन गरिरहेको छ ।

विश्‍वव्यापी समस्याका रूपमा रहेको लैङ्गिक हिंसाबाट लाखौँ व्यक्ति प्रभावित छन् । साथै यस समस्याले मानिसको जीवनलाई खतरामा पार्दछ, परिवार र समुदायहरूलाई नजरअन्दाज गर्दछ र राष्ट्रहरूको विकासमा वाधा उत्पन्न गर्दछ । विश्‍वभरका महिला तथा किशोरीविरुद्ध हुने हिंसालाई अन्त्य गर्ने प्रयत्‍नका लागि १६ दिने अभियानमा महिला तथा पुरुष, किशोर तथा किशोरी, सरकारी अधिकारी र सामुदायिक अगुवाको बृहत् तथा लक्षित कदम आवश्यक पर्दछ ।

वि.सं.२०७३ मंसिर २५ शनिवार १०:२५ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...