back
CTIZAN AD

नर्थ कारोलिना राज्यमा दिसम्बर ६ लाई ‘नेपाल दिवस’को घोषणा

वि.सं.२०७३ मंसिर २५ शनिवार

1K 

shares

north-carolana

 

अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले दिसम्बर ६ लाई नेपाल दिवस को घोषणा गरेको छ । नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यान ले दिसम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन  । नेपालीहरुको घना वस्ती रहेको नर्थ कारोलिना राज्यको मोरिसभील शहर अब नेपालीले अमेरिकन सरकारको आधिकारिक रुपमा नेपालीको पहिचानलाई स्थापित गरेको छ ।

एक विशेष कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको समुस्पस्थिती एवं गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल , नेपालीज समाज नर्थ क्यारोलिनाका सभापति डा शुष्मा प्रधान, एनसीएनसी संस्थापक सभापति ईस्वर देवकोटा, पूर्व अध्यक्ष डा ठाकुर कार्की उप नगर प्रमुख,
स्टीव राओ, राज्य परिषद् सदस्य सतीस गरिमेल्ला,समाजसेवी रविन्द्र कार्की,  रामकृष्ण वाग्ले,  बालकृष्ण शर्मा,  रेवती अधिकारी लगायत समुदायका नेतृत्वको विशेष उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नेपाल र नेपालीको हित अनि एनआरएन का अमेरिकी मूलधारमा सक्रियता र सहभागिता कसरी बढाउन सकिन्छ र नेपाल सरकारले गैर आवासीय नेपालीलाई सदैव नेपालीको लागि नेपाली नै हुन भन्ने वास्तविकतालाई प्रशंसा एवं उच्च मूल्यांकन गरेको कुरा पूर्व प्रधानमन्त्री नेपालले बताएका थिए ।  सो कार्यक्रममा एनसीएनसीका पदाधिकारीले स्वागत गरेका थिए ।

अब आज देखि हामी प्रत्येक गैर आवासीय नेपालीले यस शहरमा गर्वकासाथ आफनो नेपालीको परिचय स्थापित भएको महशुस गर्नेछौं ।

यो महत्वपूर्ण कार्यक्रम स्थानीय समाजसेवी रविन्द्र कार्कीको संयोजनमा वहांको निवास स्थलमा सम्पन्न भएको थियो ।

वि.सं.२०७३ मंसिर २५ शनिवार १०:५७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...