नेपाल धरान घर भै हाल लामो समय देखि हंगकंग बस्नु हुने भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बा संग डीसीमाँ अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ ।
अमेरिकाको बिभिन्न राज्यहरुमा बिभिन्न कार्यक्रममा सहभागी हुदै वाशिंगटन डीसी आई पुग्नु भएका सुब्बा संग डीसी महानगर क्षेत्रमा बिभिन्न पेसामा समलग्न ब्यक्तिहरुको पहलमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा आसन ग्रहण तथा अन्य औपचारिक कार्यक्रमलाई थाती राख्दै भयवादी साहित्यिक धाराका अभियन्ता हर्ष सुब्बलाई मन्तब्य राख्न दिइएको थियो । सुब्बाले आफ्नी मन्तब्य बिस्तृत संग राखेका थिए भने मन्तब्य पछि केहि जिज्ञासा समेत राखिएको थियो
मन्तब्य क्रममा सुब्बाले धेरै शक्तिशाली अध्यारोलाई छोडेर उज्यालो तर्फ गए झै चर्चा गर्दै तर बैज्ञानिकहरुले अध्यारोलाई महत्व दिई रहेको बताए । वहाले उज्यालोलाई महत्व दिए जस्तै भयलाई छोडेर आदिम कालीन देखि आएको बताए ।
उनले फेरी भय लाई हामीले अविस्कार नगरेको भन्दै तर वाद लाई जोडेको प्रसंग निकाले भने भय कसरी हुन्छ रु कहा हुन्छ भन्ने चर्चा नगरी कन बृहत् रुपमा उनले चर्चा सुरु गरे । कुन कुरालाई उठान गर्दा बिस्वमा स्थापना हुन सक्छ। आधुनिक काल र मध्य कालले पनि छोडेको छ र त्यही कुरा लाई उठाउँदा स्थापित हुन सक्छौ भने र यसरी छोडिएको कुरा उठाउनु पर्ने मेरो मान्यता रहेको बताय। उनले एक शक्तिले अर्को शक्तिलाई दबाउने हुन्छ भन्दै त्यहा पनि भय भएर त्यस्तो भएको बताए ।
कसैमा रहेको डरलाई पहिला हटाउनु पर्छ त्यों हटेमा उसले आफ्नो कुरा भन्ने बताए । त्यों भय पछि मात्रा समस्याका समाधानका बाटाहरु निस्कने बताए । सुब्बाले थुप्रै उदाहरण सहित भयबादका सिद्धांत तथा अन्य बिषयमा बोलेका थिए ।
कार्यक्रमको संयोजन साहित्यकार तथा लेखक लेखनाथ भंडारी लगायत अन्यले गरेका थिए । कार्यक्रममा भंडारीले स्वागत गर्दै कार्यक्रम बारेमा बोलेका थिए ।
वि.सं.२०७३ मंसिर २५ शनिवार ११:०२ मा प्रकाशित

























