back
CTIZAN AD

पूर्वी क्षेत्रको व्यापारमा रु एक खर्बभन्दा बढी घाटा

वि.सं.२०७३ मंसिर २५ शनिवार

1.3K 

shares

dhan

२५ मङ्सिर,विराटनगर  । पूर्वी क्षेत्रबाट गत आवमा भारतलगायत तेस्रो मुलुकसँग करिब रु एक खर्ब ७९ करोड व्यापार गर्दा करिब रु एक खर्ब २२ अर्ब व्यापार घाटा भएको छ ।

सो क्षेत्रबाट भारतलगायत तेस्रो मुलुकतर्फ करिब रु २६ अर्ब ७७ करोड मूल्य बराबरका विभिन्न प्रकार वस्तु निर्यात गरिएको छ भने ती मुलुकबाट सोही अवधिमा करिब रु एक खर्ब ४९ अर्ब मूल्य बराबरका वस्तु आयात गरिएको छ । निर्यातका तुलनामा आयात अत्यधिक भएकालेरु एक खर्ब २२ अर्ब २६ करोड २५ लाख ७० हजार २०६ को घाटा भएको हो ।

सो तथ्याङ्कानुसार समष्टिगत रुपमा नेपालबाट १५ दशमलव २३ प्रतिशत निर्यात भएको तथा भारतलगायत तेस्रो मुलुकबाट ८४ दशमलव ७७ प्रतिशत वस्तु आयात भएको व्यापार तथा निकासी केन्द्र क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ ।

नेपालबाट निर्यात गरिएका वस्तुमा सबैभन्दा बढी भारततर्फ नै निर्यात गरिएको छ । सो अवधिमा निर्यात गरिएकोे मध्ये भारततर्फ ८६ दशमलव ९८ प्रतिशत र समुद्रपारका मुलुकतर्फ १३ दशमलव ०२ प्रतिशत छ ।

भारतबाहेक बङ्गलादेशतर्फ करिब रु एक अर्ब २० करोड, टर्कीतर्फ रु ८४ करोड ३० लाख, अमेरिकातर्फ रु ४१ करोड १३ लाख, इटलीतर्फ रु २० करोड १५ लाख, चीनतर्फ रु १५ करोड ६२ लाख तथा भुटान, क्यानडा, बेलायत र भियतनामलगायत मुलुकतर्फ निर्यात गरिएको हो ।

नेपालबाट निर्यात हुने वस्तुमा सबैभन्दा बढी ठूलो सुकुमेल, फलाम र जस्तापाता, चिया, कपडा र जुटको धागो एवं तयारी कपडा तथा जुटको झोलालगायत छन् । यसका साथै नेपालबाट तयारी पोसाक, चोकर, चाउचाउ, प्लास्टिक तथा प्लास्टिक निर्मित वस्तु, अदुवा, अम्रिसो, गलैँचालगायत वस्तु निर्यात हुने कार्यालयका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

पूर्वाञ्चलका नाकाबाट आयात हुने वस्तुमा इन्धन, फलाम तथा फलामबाट निर्मित वस्तु, एवं प्लास्टिक तथा प्लास्टिकबाट निर्मित वस्तु छन् । त्यस्तै अन्न, तेलीय पदार्थ, यन्त्र तथा यान्त्रिक उपकरण, खाद्य, तरकारी, विद्युतीय सामग्री तथा उपकरण एवं विभिन्न प्रकारका गाडी तथा गाडीका सामान आयात भएका छन् । रासस

वि.सं.२०७३ मंसिर २५ शनिवार ११:५९ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...