back
CTIZAN AD

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

वि.सं.२०८३ साउन ८ शुक्रवार

207 

shares

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा प्रमाणित र अप-टु-डेट जानकारी सहज रूपमा प्राप्त गर्न  सहयोग गर्ने उद्देश्यले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ। प्राकृतिक विपद्का बेला आफ्नो प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयासअन्तर्गत यो पहल सुरु गरिएको हो।

अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन्। उक्त सर्च गाइड मार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल BIPAD, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ।

यस गाइडमा प्राकृतिक विपद् तथा व्यक्तिगत क्षतिजस्ता दुःखद घटनाहरू के हुन् भन्ने जानकारीका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग कसरी प्राप्त गर्ने र यस्ता घटनासँग सम्बन्धित कन्टेन्ट जिम्मेवारीपूर्वक कसरी शेयर गर्ने वा रिपोर्ट गर्ने भन्ने विषयमा पनि उपयोगी जानकारी समावेश गरिएको   छ।

टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, “संकटका बेला सही जानकारी पनि अरू सहायताहरू जत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले हामीले समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौं, ताकि आवश्यक परेको बेला मानिसहरू सुरक्षित, संयमित र सही जानकारीसहित निर्धक्क रहन सकून्।”

यो पहल विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने टिकटकको दीर्घकालीन प्रतिबद्धताको हिस्सा हो। यस्ता सुविधा प्रयोगकर्ताको अनुभवमा प्रत्यक्ष रूपमा समावेश गरेर टिकटकले विश्वसनीय जानकारी र उपयोगी स्रोतहरूमा सहज पहुँच उपलब्ध गराउँदै आफ्नो समुदायलाई सहयोग गरिरहेको छ। साथै, मानिसहरूले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यका साथ सुरक्षित र उत्तरदायी प्लेटफर्म निर्माण गर्ने प्रतिबद्धता पनि टिकटकले निरन्तर कायम राखेको छ।

 

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:३७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...