१९ माघ, जनकपुरधाम । प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन गर्न पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले मन्दिरबाहिरै गाडी पार्किङ गरेको देखेर सर्वसाधारण आश्चर्यमा परेका छन् । सुरक्षाकर्मीले गाडीभित्र लान खोज्दा उनले बाहिरै राख्न निर्देशन दिएका हुन् । मन्दिरभित्र गाडी प्रवेश निषेध छ । तर, विशिष्ट व्यक्तिका लागि मन्दिर प्रांगणसम्मै गाडी लान पाउने व्यवस्था गरिएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, भारतीय प्रधानमन्त्री मात्र नभई प्रहरी अधिकारीको गाडीसमेत मन्दिर प्रांगणसम्म लगिँदै आएको छ । मन्दिरमा विशेष पूजापाठ गर्न जाँदा उपराष्ट्रपतिको गाडीबाहिर राखेपछि सर्वसाधारण आश्चर्यमा परेका थिए । ‘नियम सबैको लागि बराबर हुनुपर्छ, उपराष्ट्रपति पुनले शनिबार सञ्चारकर्मीसँग भने । आइतबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ १९ आइतवार ०८:०६ मा प्रकाशित






























