back
CTIZAN AD

दुर्घटनामा परी दुईको ज्यान गयो, नौ घाइते

वि.सं.२०७६ माघ १९ आइतवार

654 

shares

१९ माघ, चितवन । जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा४ख ९५०९ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना३९प १९२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यस्तै खैरहनी नगरपालिका–३ तरकारीचोकमा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु र नौ घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी मनोरसा–६ बस्ने गुन्दो मण्डलका आठ महिनाको छोरा सत्यम मण्डल रहेका छन् ।

जलेश्वरबाट कामाडौँतर्फ जान आउँदै गरेको ना७ख ३२४८ नंको बस र सोही दिशाबाट आइरहेको ना६ख १५०६ नंको ट्रक ठक्करहुँदा १० जना घाइते भएका थिए । घाइतेमध्ये मण्डलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

अन्य घाइतेमध्ये दुईको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस, ट्रक र ट्रकचालक नियन्त्रणमा रहेको भए पनि बस चालक फरार भएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७६ माघ १९ आइतवार ०९:२९ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...