१९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे अध्यक्षद्धयले जवाफ दिने भएका हुन् ।
बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने बारे साझा धारणा बनाउनका लागि प्रचण्ड र ओलीबीच छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा केन्द्रीय कमिटी बैठकमा नेताहरुले उठाएका एमसीसी लगायतका विषयमा साझा धारणा बनाउनेबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक अध्यक्षले जवाफ दिएसँगै आजै समापन गर्ने तयारी गरिएको छ ।
वि.सं.२०७६ माघ १९ आइतवार १२:४१ मा प्रकाशित






























