back
CTIZAN AD

चलचित्र ‘साङ्लो’ को गीतलाई चोरीको आरोप

वि.सं.२०७६ माघ १९ आइतवार

864 

shares

काटठमाडौँ । नेपाली चलचित्र जगतका चर्चित अभिनेता विराज भट्टको लगानीमा निर्माण भएको चलचित्र ‘साङ्लो’ को गीतलाई चोरीको आरोप लागेको छ ।

यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको फिल्म ‘साङ्लो’ मा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेको हो । ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् ।

संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध सुदीपले शुक्रबार उजुरी दिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । प्रहरीले आइतबार दुबै पक्षलाई छलफलका लागि बोलाउने बताइएको छ । सुदीपले ‘रुद्रप्रिया’ का लागि आफूले यो गीत कम्पोज गर्न २ वर्ष अगाडि संगीतकार अधिकारीलाई दिएको तर उक्त फिल्ममा यो गीत नराखेको बताएका छन् ।

सुदीपको भनाइ अनुसार, ‘साङ्लो’ मा आफूले लेखेको गीत राखिएको विषयमा कुनै जानकारी नै नभएको बताउँछन् । गीतमा रचनाकारको रुपमा क्रेडिट समेत नदिएपछि आफू प्रहरीमा उजुरी दिन बाध्य भएको उनको भनाई छ । गीतमा रचनाकारमा गायक समेत रहेका निशान भट्टराईको नाम छ ।

सुदीपले गीतमा केही शब्द परिवर्तन गरिएको पनि बताए । क्षतीपूर्तिसहित फिल्मबाट गीत हटाउनु पर्ने उनको माग छ । गायक निशानले गीतको रचनाकारमा आफ्नो नाम देख्दा छक्क परेको बताए । फिल्मको गीत आफूले गाएको भए पनि शब्द भने आफ्नो नभएको उनको भनाई छ । संगीतकार अधिकारी भने प्राविधिक त्रुटीले रचनाकारमा निशानको नाम पर्न गएको बताउँछन् ।

वि.सं.२०७६ माघ १९ आइतवार १२:४७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...