back
CTIZAN AD

केन्द्रीय कमिटी बैठक अघि किन बस्यो नेकपाको सचिवालय बैठक ?

वि.सं.२०७६ माघ १९ आइतवार

786 

shares

१९ माघ, काठमाडौं । केन्द्रीय कमिटी बैठकको समापनअघि नेकपाको सचिवालय बैठक बसेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको हो ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने बारे साझा धारणा बनाउनका लागि प्रचण्ड र ओलीबीच छलफल भएको थियो। सचिवालय बैठकमा पनि केन्द्रीय कमिटी बैठकमा उठेका विषय र त्यसका समाधानका बारेका कुराकानी भएको छ ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि उठाएका प्रश्न र प्राप्त सुझावहरुबारे सचिवालयमा छलफलपछि दुवै अध्यक्ष र महासचिवले जवाफ दिनेछन् । सचिवालय सदस्यहरु केन्द्रीय कमिटी बैठकका समूहगत छलफलमा सहभागी थिएनन् ।

नेकपा केन्द्रीय कमिटी बैठकमा एमीसीसीका बारेमा विज्ञ सम्मिलित कार्यदल गठन गर्नुपने,पोलिटव्यूरो गठन, सम्पत्ति छानविन आयोग गठनलगायतका माग उठेका छन् ।

गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठक अध्यक्षले जवाफ दिएसँगै आजै समापन गर्ने तयारी गरिएको छ ।

वि.सं.२०७६ माघ १९ आइतवार १३:२९ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...