१९ माघ, काठमाडौँ । नककली प्रमाणपत्र पेस गरेर बढुवा भएका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको छ ।
श्री शिव मा.वि केशवटार तनहुँका शिक्षक श्रीप्रसाद पौडेलविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
अख्तियारद्वारा अनुसन्धान गर्दा उनले भारतस्थित माध्यामिक शिक्षा परिषद् उत्तरप्रदेश इलाहवादको इन्टरमिडियट परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी नि.मा.वि तहको शिक्षकमा बढुवा भएकोमा उक्त प्रमाणपत्र नै झुटो रहेको पत्ता लागेको हो ।
पौडेल नि.मा.वि तहको शिक्षकमा बढुवा भई हाल कालिका मा.वि बन्दिपुर २ तनहुँमा प.अ.को जिम्मेवारीमा रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
नक्कली प्रमाणपत्र पेश गरी सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गर्नु भ्रष्टाचार हुने भन्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
वि.सं.२०७६ माघ १९ आइतवार १३:०३ मा प्रकाशित






























