back
CTIZAN AD

कांग्रेसको ओरालो यात्रा  र अबको जिम्मेवारी

वि.सं.२०७६ माघ १९ आइतवार

897 

shares

कांग्रेसका नेता तथा कार्यकर्ताहरू पूर्ण एकताका साथ सामूहिक रूपले एकै लक्षका लागि परिचालित भएको देखिनु दुर्लभ भइसक्यो । गुटबाद र व्यक्तिवादको जञ्जिरमा जकडिएको कांग्रेसलाई मन्थन गरेर एउटा सिंगो शक्ती बनाएर परिचालन गर्न मुस्किल भइसक्यो ।

नेपाललाई आधुनिक युगमा प्रवेश गराउने श्रेय नेपाली कांग्रेसलाई जान्छ । देश र जनताका लागि नेपाली कांग्रेसले सम्पन्न गरेको २००७ सालको क्रान्तिपछि देश खुल्ला युगमा प्रबेश गरेको हो । नेपाली कांग्रेसले नै नेपालको विकास र अर्थतन्त्रको आधुनिक जग निर्माण गरेको हो । त्यसैले नेपालको पहिलो आमनिर्वाचनमा नेपाली जनताको दुईतिहाइको विश्वास कांग्रेसले प्राप्त गरेको हो भने उक्त निर्वाचनमा नेपालका कम्युनिस्टलाई जम्मा ४ सीट मात्र प्राप्त भएको थियो । २०१७ साल पौष १ गते पहिलो जननिर्वाचित सरकारलाई सैनिकको बलमा अपदस्थ नगर्दासम्म उक्त सरकारले ऐतिहासिक काम ग¥यो, आधुनिक विकासको जग नै त्यही भयो । सरकार अपदस्थ भएपछि प्रजातन्त्र पुनस्र्थापनाका लागि ३० बर्ष कांग्रेसले संघर्ष गर्नु प¥यो । नेपाली कांग्रेसकै नेतृत्वमा २०४६ को परिवर्तन सम्पन्न भयो । परिवर्तनपछि २०४७ सालको संबिधान निर्माण र २०४८ सालको निर्बाचन कांग्रेसकै नेतृत्वमा सम्पन्न भई कांग्रेसले आफनै नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने जनमत पायो भने ०१५ सालको निर्वाचनमा ४ सीट मात्र जितेको कम्यूनिस्टले (एमाले ६९ सीट, जनमोर्चा ९ सीट र मजदूर किसान पार्टी २ समेत) ८० सीटमा बिजय हासिल गर्न सफल भयो । नेपाली कांग्रेसले आफनो आन्तरिक कलह तथा गिरिजाबाबुको अहमता र अहंकारका कारण आफ्नै बहुमतको सदन भंग गरी २०५१ मा मध्यावधी निर्वाचनमा होमिएको कांग्रेस दोस्रो स्थानमा थचारियो र पहिलो पटक ८८ सीटका साथ नेपालमा कम्यूनिस्टहरूको अल्पमतको मनमोहन सरकार गठन भयो । उक्त निर्वाचनमा मजदूर किसान पार्टीले ४ स्थान जित्यो । २०५६ सालको आमनिर्वाचनमा कांग्रेस ठूलो पार्टी त बन्यो तर कम्यूनिस्टलाई ७८ सीट प्राप्त भयो (एमाले ७१ जनमोर्चा ५ संयुक्त जनमोर्चा १ मजदूर किसान १ ) । यतिबेलासम्म मुलकमा २०५ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदै आएको थियो भने ०१५ को निर्वाचन १०९ सीटका लागि सम्पन्न भएको थियो ।

नेपाली कांग्रेस कम्युनिस्टहरूका अगाडि अत्यन्त निर्बल बन्दै गईरहेको छ । उनीहरूको अगाडि कांग्रेसको कार्यशैली अत्यन्त भद्दा र अवैज्ञानिक साबित हुँदै आइरहेको छ । जुन समयमा उनीहरूले दुई पार्टीको एकीकरण गरेर भात्री संस्थाहरूका समेत एकीकरण सम्पन्न गरे त्यो अवधिमा कांग्रेसको निर्वाचित कार्यसमितिले आफनो बिधान अनुसारको केन्द्र देखी जिल्लासम्मको संरचनासमेत खडा गर्नसकेको छैन । आफ्नै दाउपेचमा आफै अल्मलिएको छ । एकअर्कालाई दोषारोपण गर्ने र आफू पानीमाथीको ओभानो बन्ने खेलमा नेताहरू लिप्त छन् । भविष्य बोकेका युवानेता र कार्यकर्ताहरू पनि तिनै नेताहरूको तालमा लय मिलाउँदै ताली पिट्न तल्लिन छन् ।

२०५२ देखी शुरू भएको माओवादीको सशस्त्र विद्रोहले मुलुक आक्रान्त थियो । दिल्लीमा भएको १२ बुँदे सम्झौतापछि नेपाली कांग्रेसको नेतृत्वमा २०६२–६३ को आन्दोलन शुरू भयो । आन्दोलनको सफलतापछि नेपाली कांग्रेसकै नेतृत्वमा माओवादी शान्ति प्रक्रियामार्फत् हतियार छोडी शान्तिपूर्ण राजनीतिमा आयो । २६ मनोनीत सहित ५७५ सीट निर्वाचितसहित ६०१ का सीटका लागि २०६४ मा संविधानसभाको पहिलो निर्वाचन कांग्रेसकै नेतृत्वमा सम्पन्न भयो । जसमा २२० सीटसहित माओवादी पहिलो पार्टी, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा रह्यो । साना पार्टीहरूले २९ सीट जीत्न सफल भए । कम्यूनिस्टहरूको नेतृत्वमा संबिधान निर्माण हुन सकेन र पहिलो संविधान सभा भंग भयो । २०७० मा दोस्रो संविधान सभाका लागि भएको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बन्यो तर एमालेलाई १७५ माओवादी ८० र साना दललाई २० सीट प्राप्त भयो । कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भयो । यतिबेला २०७४ को निर्वाचनमार्फत् दुईतिहाइको सरकार चलीरहेको छ । यो आलेखमा २००७ साल देखि हालसम्मको लामो कालखण्डको भूमिका किन लेखियो त भन्दा नेपालमा यो कालखण्डमा भएका सबै ठूला आन्दोलन र निर्णयहरूमार्फत् मुलुकलाई स्थायित्व शान्ति र समृद्धि दिने काम नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भयो । तर आज नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेस कमजोर प्रतिपक्षको भूमिकामा रहेको छ भने संसारबाट विस्थापित भएको अधिनायकवादी सोच बोकेको दुईतिहाइको कम्यूनिट सरकार संचालनमा छ तर पनि कांग्रेसले कहाँ त्रुटि र कमजोरी भयो भनेर सघन समीक्षा गर्न चाहेको छैन । जबसम्म त्रुटि र कमजोरीहरूको समीक्षा गरिँदैन तबसम्म भावी यात्राको रूपरेखा देखिन्न । नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्न सर्वप्रथम कम्युनिस्टहरूको यात्रा, उनिहरूको कार्यशैली, संगठन निर्माण र परिचालन, पार्टी सञ्चालन पद्धति, कार्यकर्ताको मुल्यांकन र संरक्षण पद्धतिलाई अध्ययन गर्न आवश्यक छ । कम्युनिस्टहरूको अर्को सबल पक्ष भनेको पार्टी सञ्चालनका लागि अर्थ व्यवस्थापन पनि हो । जब कम्युनिस्टहरूको प्रणालीलाई बुझिन्छ अनि मात्र त्यसलाई पराजित गर्ने रणनीति बनाउन सहज होला भन्ने लागेर हालसम्मका निर्वाचनको परिणामको चर्चा गरियो ।

नेपाली कांग्रेस कम्युनिस्टहरूका अगाडि अत्यन्त निर्बल बन्दै गईरहेको छ । उनीहरूको अगाडि कांग्रेसको कार्यशैली अत्यन्त भद्दा र अवैज्ञानिक साबित हुँदै आइरहेको छ । जुन समयमा उनीहरूले दुई पार्टीको एकीकरण गरेर भात्री संस्थाहरूका समेत एकीकरण सम्पन्न गरे त्यो अवधिमा कांग्रेसको निर्वाचित कार्यसमितिले आफनो बिधान अनुसारको केन्द्र देखी जिल्लासम्मको संरचनासमेत खडा गर्नसकेको छैन । आफ्नै दाउपेचमा आफै अल्मलिएको छ । एकअर्कालाई दोषारोपण गर्ने र आफू पानीमाथीको ओभानो बन्ने खेलमा नेताहरू लिप्त छन् । भविष्य बोकेका युवानेता र कार्यकर्ताहरू पनि तिनै नेताहरूको तालमा लय मिलाउँदै ताली पिट्न तल्लिन छन् । भर्खर राजधानीमा कांग्रेसका बहुमत जिल्ला सभापतिहरूको भेला सम्पन्न भयो । कांग्रेस भित्र पछिल्लो पटक चर्केको आन्तरिक कलहको चरम रूप थियो । त्यो भेलामा उपस्थित अधिकांश नेताहरू र सभापतिहरूको बिषय आगामी महाधिबेशनमार्फत् कसरी आफनो समूहलाई जिताउने र शेरबहादुर देउवालाई पराजित गर्ने भन्नेमा केन्द्रित थियो । त्यो भेलामा दुईतिहाइको कम्युनिस्ट सरकारले श्रृंखलाबद्ध रूपले गरिरहेको अरबौँ रुपैयाँका भ्रस्टाचार काण्डका विरुद्ध केन्द्र देखि स्थानीय तहसम्म कसरी प्रतिवाद गर्ने भन्ने बिषयमा छलफल भएको सुनीएन ।

सात दशक लामो संघर्षले स्थापना गरेको लोकतान्त्रिक प्रणालीका मूल्य र मान्यताका विरुद्ध कम्यूनिस्ट सरकारले धमाधम कानुनहरू निर्माण गरिरहँदा लोकतान्त्रिक मूल्यमान्यता र जनताका मौलिक अधिकारहरूको भविष्य के होला भनेर चासो र चिन्ता प्रकट गरेको जानकारी पाउन सकिएन । यस्तो अबस्थालाई अब जिल्ला जिल्लामा कसरी प्रतिवाद गर्ने भन्ने बिषयमा छलफल भयो होला की छैन कांगे्रसका शुभचिन्तकहरूलाई चासो छ । कम्युनिस्टसँग प्रतिस्पर्धा योग्य संगठन निर्माण र लक्ष्य अनुसारको परिणाम प्राप्त गर्नका लागि आफनो अमूल्य जवानी पार्टीको लागि अर्पण गरेका देशभरका आफ्ना हजारौँ युवाहरू भूमिकाविहिन छन् । तिनीहरूलाई जिम्मेवारी दिएर उनीहरूको शिप र योग्यतालाई देश र पार्टीको हितमा प्रयोग भन्ने सोच छैन बरु उनीहरूले भूमिका पाउने विभागहरूको संख्या बढाउन हुन्न भनेर रुवाबासी छ । कांग्रेसका वरिष्ठ नेता पौडेलदेखि प्राय सबै ठूला नेताहरू गत निर्वाचनमा पराजित हुनुभएको छ र अबको २ बर्ष पछि स्थानीय निर्वाचन र ३ बर्षपछि संघ र प्रदेशको निर्वाचन आउँदै छ । ती निर्वाचनमा पनि पराजय प्राप्त भयो भने उहाँहरू मात्र होइन कांग्रेस नै उठन नसक्ने अवस्थामा पुग्छ भनेर कांग्रेसीहरूले किन बुझ्न नचाहेका होलान ? बुद्धिजीवीहरू ताज्जुब पर्छन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरू पूर्ण एकताका साथ सामूहिक रूपले एकै लक्षका लागि परिचालित भएको देखिनु दुर्लभ भइसक्यो । गुटबाद र व्यक्तिवादको जञ्जिरमा जकडिएको कांग्रेसलाई मन्थन गरेर एउटा सिंगो शक्ती बनाएर परिचालन गर्न मुस्किल भइसक्यो ।

फोटो : कांग्रेस केन्द्रीय समिति चाकसिबारी २०४३

हरेक समस्याले आफूसँगै समाधान पनि लिएर आएको हुन्छ भनेर भनिन्छ । गत निर्वाचनमा नेपाली कांग्रेसको पराजय पछि यो पंतिकारले ‘हार्दिकतासहितको एकता र आत्मानुशासन सहितको सहकार्यलाई’ हरेक कांग्रेसले मूलमन्त्र बनाएर जानुपर्ने धारणा राख्दै आइरहेको छ । हिजो नेपाली कांग्रेस विभाजित हुँदा लोकतन्त्रमाथी ग्रहण लागेको थियो त्यसैले हरेक कांग्रेसले गुटवाद र व्यक्तिवाद भन्दा माथी राष्ट्रवाद र पार्टीलाई राख्नु पर्छ । कांग्रेसको अगाडि अहिले अहम् प्रश्न खडा छ ।

पहिलो प्राथमिकता पार्टीको १४ औ महाधिबेशनलाई राख्ने की २ बर्ष पछि आउने स्थानीय निर्वाचन र ३ बर्ष पछि आउने संघ तथा प्रदेश निर्वाचनलाई ? सहि छनोट आवश्यक छ । ती निर्वाचनमा कांग्रेसले पराजय भोग्यो भने जो व्यक्ति नेतृत्वमा आए पनि कांग्रेसलाई उठन मुश्किल पर्नेछ । त्यसैले १४ औँ महाधिबेशनलाई सहज रूपले हार्दिक प्रतिस्पर्धामा लैजाने, मुख्य रूपले ती निर्वाचनहरूलाई प्रमुख लक्ष्य बनाएर निर्वाचनको तयारीको लागि रणनीति बनाएर जानुपर्छ र १४ औँ महाधिबेशनबाट जो ब्यक्ति नेतृत्वमा आए पनि उक्त लक्ष प्राप्तिको लागि निर्धारित गरिएको रणनीति कार्यान्वयनमा लैजानु पर्छ । हजाराँै माइलको यात्रा पनि पहिलो पाइलाबाट शुरू हुन्छ । कांग्रेसले आफूलाई परिवर्तन गर्ने हो भने भावी गन्तव्यको पहिलो पाइला यही रणनीतिलाई बनाउनु पर्छ ।

दोश्रो – कांग्रेसमा अहिले सबै नेता तथा कार्यकर्तामा सांगठनिक रूपले गुट बलियो बनाएर व्यक्तिलाई बलियो बनाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने एकमात्र भूत चढेको छ । समाज र देशका मुद्दा, जनता र पार्टीका अनि कार्यकर्ताका हितका मुद्दा बोकेर नेतृत्वमा स्थापित हुन सकिन्छ भन्ने मान्यता र प्रचलन करिब करिब मूर्छित भइसक्यो । पार्टी बलियो, नेता होइन कार्यकर्ता बलियो भएर हुन्छ भन्ने कुरा जबसम्म स्थापित हुँदैन तबसम्म कांग्रेसको आधुनिकीकरण सम्भव छैन । पार्टी भित्र मूल्यांकन चाकडीको आधारमा होइन सक्रियता र कामको आधारमा गर्ने पद्दति विकास गर्नुपर्छ । अहिले पनि समय बाँकी छ, केन्द्र देखि जिल्लासम्मका पार्टी र भात्रृसंस्थाका सम्पूर्ण संरचना पूर्ति गरिनु पर्छ । जबसम्म युवाहरूलाई जिम्मेवारी दिइँदैन कम्युनिस्ट सँगको प्रतिस्पर्धा जितिदैन ।

तेश्रो – जनताको विश्वास जित्ने सबभन्दा महत्वपूर्ण बिषय जनताका आर्थिक, भौतिक विकास, सामाजिक, साँस्कृतिक मुद्धाहरू हुन । पार्टी र भात्री संस्था समेतका सम्पूर्ण संरचना प्रयोग गरेर देश भर जनताका ती समस्याहरूको पहिचान गरी त्यसलाई समाधान गर्ने विश्वास जनतालाई दिलाउन सकनु पर्छ । यो कामको लागि पार्टीको तेश्रो जागरण अभियानलाई प्रयोग गर्न आवश्यक छ । कांग्रेसले तेश्रो जागरण अभियानमा ७५३ स्थानीय निकायमा प्रतिनिधि पठाउने निर्णय गरेको छ । ती प्रतिनिधीलाई तीनवटा विवरणसमेत संकलन गर्ने जिम्मेवारी सुम्पिनु पर्छ ।
१) आफनो क्षेत्र भित्र हिजो कांग्रेसले गरेको महत्वपूर्ण योगदान र त्यसले छोडेको सकारात्मक प्रभावको विवरण
२) त्यहाँको सबभन्दा ठूलो समस्या
३) त्यहाँको सबभन्दा ठूलो सम्भावना ।
यो विवरण संकलनपछि बिज्ञहरू राखेर नीति निर्माण गरी पार्टीले ती स्थानहरूमा कार्यक्रम आयोजना गरेर जनतासँग विश्वासको मत माग्न जानु पर्छ । यसो गर्न सकियो भने मात्र कांग्रेसको पुनर्जीवन सम्भव छ अन्यथा कांग्रेसको भविष्यमाथी प्रश्न चिन्ह उपस्थित छ ।

वि.सं.२०७६ माघ १९ आइतवार १३:०२ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...