१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
त्यसक्रममा उनले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कूटनीतिक मर्यादा अनुकुलका शब्दहरुमात्र राखिने बताएका थिए ।
पाँच दिनदेखि राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन्। उनलाई नै उपाध्यक्ष बनाउनका लागि नेकपाले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा ल्याएको थियो।
के के छन् नेकपा बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा ?

वि.सं.२०७६ माघ १९ आइतवार १६:५० मा प्रकाशित






























