back
CTIZAN AD

वर्षको सुरुमा मारुती सुजुकीको ब्यापर बढ्यो

वि.सं.२०७६ माघ २० सोमवार

762 

shares

२० माघ, काठमाडौं । अघिल्लो बर्षका तुलनामा मारुती सुजुकीका गाडीको व्यापार बढेको छ । जनवरी २०१९ को तुलनामा जनवरी २०२० मा १.६ प्रतिशत बिक्रि बढेको हो ।

२०२० को जनवारी महिनामा मात्र कम्पनीले १ लाख ५४ हजार १ सय २३ थान गाडी बिक्री गरेको जनाएको छ । अघिल्लो वर्षको जनवरी महिनामा कम्पनीले १ लाख ५१ हजार ७ सय २१ थान मात्र गाडी बिक्री गरेको थियो ।

सुजुकीका अनुसार यो समयावधिमा घरेलु बजारमा मात्र कम्पनीले १.७ प्रतिशत व्यापार बढाएर १ लाख ४२ हजार ४ सय ९९ वटा गाडी बिक्री गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ लाख ४२ हजार १ सय ५० थान गाडीको बिक्री गरेको थियो ।

उक्त कम्पनीले यो समयावधिमा वागन र आरअल्टो लगायतका साना खालका गाडी १०.८ प्रतिशत र नयाँ उत्पादन तर्फ स्विफ्ट, वागन आर, सेलेरियो र डिजायर जस्ता कम्प्याक्ट श्रेणीका गाडीको बिक्री ११.६ प्रतिशत बढाएको छ ।

यसका अलवा मध्यम आकारको सेडान गाडी सियाजको ब्यापार भने गत वर्ष भन्दा ८ सय ३५ वटाले कम भएकोे छ भने भिटारा ब्रेजा, एस–क्रस र अर्टिगा लगायतका युटिलिटी सवारीको बिक्री २६.६ प्रतिशत घटेको छ ।

२०२० को जनवरी महिनामा अन्य कम्पनीहरुले पनि सोचे जस्तो ब्यापार गर्न सकेका छैनन । अघिल्लो वर्षको जनवरी महिनाको तुलनामा यो वर्षको जनवरी महिनामा टाटा मोटर्सले १७.७४ प्रतिशत, हुन्डाईले ३.३७ प्रतिशत र महिन्द्राले ६ प्रतिशत कम गाडी बिक्री गरेका छन ।

अधिल्लो वर्षको अन्त्यतिर भारतीय अटो वजार सुस्ताएको थियो । छ हजार भन्दा बढी उद्योग कलकारकानाहरु बन्द हुँद यसले अटो क्षेत्रलाई नराम्रोसँग खल्वलाएको थियो ।
मारुती सुजुकि भारतीय अटो बजारमा राम्रो प्रभाब पर्ने उद्योग हो । यसको ब्यापार बृद्धि हुनुले भारतीय अर्थतन्त्र पुनरागमन तिर गैरहेको संकेत मिलेको जानकारहरुले बताएका छन ।

वि.सं.२०७६ माघ २० सोमवार १४:२७ मा प्रकाशित