back
CTIZAN AD

सिरियाली सरकारको गोलाबारीमा टर्कीका चार सैनिकको मृत्यु

वि.सं.२०७६ माघ २० सोमवार

756 

shares

२० माघ ।  सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा अन्य नौ जना सैनिक घाइते भएका र जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिरियाली सैनिकले गरेको यस गोलाबारीका टर्कीका सेनाले प्रतिकार गरेका बताइएको छ ।

सिरियाली सरकारद्वारा जारी आक्रमणहरुलाई रोक्नको लागि टर्कीमा १२ वटा पर्यवेक्षण पोष्ट रेहका छन् । यी पोष्टहरु टर्की र रुसबीच भएको सम्झौताको एक हिस्सा पनि हो ।

उक्त पर्यवेक्षण पोष्टहरूमा टर्कीले थप सेना पठाएको स्थानीय सेनाले आइतबार समाचार प्रकाशन गरेपछि सिरियाली सरकारको तर्फबाट सो गोलाबारी भएको बताइएको छ ।

दमासकसका शासकहरुले टर्कीविरुद्ध यस प्रकारका प्रहार गर्दा सिरियाको विरुद्ध सैन्यशक्ति प्रयोग गरिने टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगानले गत हप्ता चेतावनी दिएका थिए ।

टर्कीमा हाल ३५ लाख भन्दा बढी सिरियाली शरणार्थी रहेका छन् । इद्लीबमा नयाँ हिंसाबाट अन्य थप शरणार्थी आगमनको डर रहेको बताइएको छ ।

लाखौँ सिरियाली शरणार्थी प्रायः टर्की र सिरियाको सीमातर्फ भागेका छन् । टर्कीले सिरियाको सीमा क्षेत्रमा शरणार्थीहरुलदाई आश्रय दिन घरहरू बनाउँदै गरेको एर्डोगानले यसअघि नै बताएका थिए ।

वि.सं.२०७६ माघ २० सोमवार १४:४७ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...