२० माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ,परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना प्रकाशित गरेको छ ।
स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरिएको हो ।
त्रिविद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र सङ्कायका नियमित तथा आंशिक परीक्षार्थीहरू र प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं १६९३० को तीन वर्षे स्नातक तहमा समयसिमा नाघेका विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एकपटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा तेस्रो वर्षका मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र सङ्काय तर्फका आंशिक परीक्षा दिने परीक्षार्थीहरूले आ-आफ्नो क्याम्पस÷कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल माघ २२ गते देखि फागुन २१ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र (२०७६ फागुन २८ गते) परीक्षा आवेदन फारम भरी बुझाउन सूचनामा भनिएको छ ।
विस्तृत जानकारीका लागि www.tuexam.edu.np मा हेर्न सकिन्छ ।
परीक्षा नियन्त्रक
वि.सं.२०७६ माघ २० सोमवार १४:१९ मा प्रकाशित






























