२४ माघ, काठमाडौँ । घटना १, काठमाडौँ मैत्रीनगर बस्ने रिदम पोखरेल ज्वरो आएपछि नजिकैको रबिना फार्मेसी पुगे । फार्मेसीले उनलाई प्यारासिटामोल दियो, तर यसले ज्वरो घटेन । अन्ततः उनी कीर्तिपुर अस्पताल पुगे रगत जाँच गर्दा थाहा भयो जन्डिस भएको रहेछ ।
घटना २ ,काठमाडौँ, भत्किएकोपाटी बस्ने दिनेश बस्नेतलाई एक दिन अचानक टाउको दुख्न थाल्यो र उनी पनि घर नजिकैको कीर्तिपुरस्थित संगम फार्मेसी पुगे । फार्मेसीले उनलाई एथिथ्रोमाइसिन नामक एन्टिबायोटिक दियो । एन्टिबायोटिकले काम नगरेपछि त्रिवि शिक्षण अस्पतालमा जचाउँदा उनलाई टाइफाइड भएको पत्ता लाग्यो ।
जनस्वास्थ्य सेवा ऐन २०७५मा चिकित्सकको पे्रस्क्रिप्सनबिना औषधि बिक्रि गर्न नपाइने व्यवस्था छ तर , देशका अधिकांश औषधि पसलले चिकित्सकको प्रेस्क्रिसनबिनै औषधि बिक्रि गर्दै आएका छन् । शुक्रबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ २४ शुक्रवार ०७:३९ मा प्रकाशित






























