२४ माघ, काठमाडौँ । पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट अनुसार सिमी, काउली र गोलभेंडामा अत्याधिक विषादीको अवशेष पाइएको छ ।
विगतको तुलनामा चालू आर्थिक वर्षमा कालीमाटी बजारमा भित्रिने हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ । आर्थिक वर्ष २०७४ ७५ मा १ हजार ८ सय ५० नमुनामा विषादी चेकजाँच गर्दा तीनवटा नमुनामा मात्र विषादी पाइएको थियो । यसैगरी, आव २०७५ ७६ मा ३ हजार १ सय २४ वटा नमुनामा मात्र विषादी पाइएको थियो ।
त्यस्तै चालू आर्थिक वर्ष २०७६ ७७ को २० माघसम्ममा १ हजार ४ सय २ वटा नमुनामध्ये १२ वटामा अत्याधिक विषादी पाइएको छ । शुक्रबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ २४ शुक्रवार ०७:५२ मा प्रकाशित






























