back
CTIZAN AD

जनसम्पर्क समिति अमेरिकाको अधिबेशन अप्रिलमा, यस्तो छ कार्यतालिका

वि.सं.२०७६ माघ २४ शुक्रवार

894 

shares

२४ माघ, अमेरिका । नेपाली जनसम्पर्क समितिको केन्द्रीय अधिबेशन अप्रिल २०२० मा हुने भएको छ ।

आगामी अप्रिल ११ र १२ मा हुने उक्त अधिबेशनका लागि मार्च २८ र २९ मा सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गरिने बताइएको छ । फेब्रअरी ५ मा बसेको समितिको कन्फरेन्स बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकले केन्द्रीय अधिवेशनको मिति प्रस्ताव गरी पार्टीलाई जानकारी गराउने र पार्टी समक्ष केन्द्रीय पर्यवेक्षक र प्रतिनिधिका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

कांग्रेसको विधान अनुसार अधिवेशनको मिति प्रस्ताव गरी केन्द्रीय पर्यवेक्षक र प्रतिनिधि पठाईदिनका लागि जनसम्पर्क समितिले अनुरोध गर्नुपर्दछ ।

पार्टीको गत कार्तिक ५ को परिपत्र अनुसार ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गरिएको हो । यसका लागि पार्टीको निर्देशन अनुसार,क्रियाशील सदस्यता आवेदन वा नवीकरणका लागि सूची संकलन गरी पार्टीलाई प्रेषित गरिनेछ भने मार्च १५ सम्म समितिका च्याप्टर मार्फत साधारण सदस्यता वितरण गरिनेछ ।

यस्तो छ कार्यतालिका

१- मार्च १५ का मितिसम्म सम्पूर्ण च्याप्टर मातहत समितिको साधारण सदस्यता वितरण गरिसक्ने र मातृ पार्टी नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूची संकलन गर्ने ।

२ -मार्च २८ र २९ का मितिमा सम्पूर्ण च्याप्टरको अधिवेशन सम्पन्न गर्ने ।

३-समितिको केन्द्रीय अधिवेशन अप्रिल ११ र १२ मा सम्पन्न गर्नका लागि प्रस्ताव गर्ने निर्णय सहित पार्टीलाई आवश्यक पत्राचार गर्ने र केन्द्रीय पर्यवेक्षक र प्रतिनिधिका लागि अनुरोध गर्ने ।

यसका साथै अधिवेशन सम्पन्न गर्न स्थानीय व्यवस्थापन समिति,निर्वाचन समिति,विधान मस्यौदा समिति,आर्थिक समिति,सदस्यता वितरण एवं छानबीन समिति र अनुगमन एवं परामर्श समितिलगायतका समितिहरु पनि गठन गर्ने निर्णय गरेको छ ।

३४ सदस्यीय वर्तमान कार्यसमितिमा बैठकमा निम्न पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो
सभापति आनन्द विष्ट,बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी,धर्म राज श्रेष्ठ,भगवान मैनाली,चेत प्रसाद पौंडेल,केशब बराल,महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर र ईश्वर सापकोटा,सदस्यहरु ज्ञानेन्द्र राज कार्की,सुवास लामा, लोक लामा, गोपाल बिश्वकर्मा, सुन्दर गुरुङ, गौतम दाहाल, परमानन्द खनाल,गोविन्द लम्साल, पिताम्बर भुषाल, रविन बस्नेत,सुभेन्द्र रानाभाट, पविता परियार,मान्ती शाह, ओम भट्टराई,किलन राई हरी शर्मा, विष्णु सुवेदी र प्रमोद सिटौलाले निर्णय प्रक्रियामा मत राखेको केन्द्रीय समितिका तर्फबाट प्रचार–प्रसार विभागका प्रमुख गौतम दाहालले जनाएका छन् ।

वि.सं.२०७६ माघ २४ शुक्रवार ०८:०४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...