back
CTIZAN AD

अनुशासन तथा इमान्दारिता फौजको गहना -महानिरीक्षक खनाल

वि.सं.२०७६ माघ २४ शुक्रवार

672 

shares

२४ माघ, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीबार आयोजित कार्यक्रममा उनले  दज्र्यानी चिह्न प्रदान गरेका हुन्। बुधबारको मन्त्रिस्तरीय निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, वंशीराज दाहाल, हरिशङ्कर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका हुन् ।

सो अवसरमा महानिरीक्षक खानालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै उनले आआफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व बहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवामा सक्रिय रहनसमेत निर्देशन दिए ।

चरेशसहित दुई पक्राउ
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० स्थित हिरा इँटा उद्योगबाट चार किलो ५०० ग्राम चरेससहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–५ का ४२ वर्षीय ईश्वर मगर र २२ वर्षीय भक्त मगर रहेका छन् । महागरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।

उनीहरुको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । यस्तै चन्द्रागिरि नगरपालिका–१३ मितेरीचोकस्थित सडकमा गत पुस २२ गते बा३ख १८३३ नंको कान्तिपुर इङलिस एकेडेमी गोंगबुको विद्यार्थी सवार बस दुर्घटनापश्चात फरार रहेका बस चालक धादिङ गल्छी गाउँपालिका–२ का ४० वर्षीय केदार रिमाललाई पक्राउ गरिएको प्रहरीले एक सूचना जारी गरी जनाएको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार ०८:४४ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...