back
CTIZAN AD

सहकर्मीको आक्रमणबाट पाँच प्रहरीको हत्या

वि.सं.२०७६ माघ २४ शुक्रवार

705 

shares

२४ माघ, कान्दाहार ।  अफगानिस्तानको दक्षिणी कान्दाहर प्रान्तमा रहेको एक चौकीमा आफ्नै सहकर्मीको आक्रमणमा परी कम्तीमा पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुल्तान मोहम्मद हकिमीले बताएका छन्।

हकीमीका अनुसार पञ्जायी जिल्लाको एक प्रहरी चौकीमा भएको उक्त घातक घटना बिहीबार बिहान सबेरै तलकान क्षेत्रमा भएको थियो । घटनापछि आक्रमणकारी फरार भएको उनले बताए ।

अफगानिस्तानमा विगतमा पनि तालिवान विद्रोहीले आफू निकटस्थ सुरक्षाकर्मीलाई सहकर्मीमाथि आक्रमणका लागि प्रयोग गर्ने गरिएको थियो । सरकारले आतंककारीहरूले सुरक्षाकर्मीलाई प्रलोभनमा पारेर यस्ता घटना गराउने गरेका बताएको छ ।

यस पहिले जनवरी २८ मा उत्तरी बग्लान प्रान्तमा तालिबानी समुदायका एक व्यक्तिले चौकीमा सहकर्मीमाथि घातक आक्रमण गर्दा ११ प्रहरीको मृत्यु भएको थियो भने केही घाइते भए ।

वि.सं.२०७६ माघ २४ शुक्रवार ०८:४८ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...