२४ माघ, काठमाडौँ । क्रिकेट खेलेपछि हरेको खेलाडीको सतक बनाउने सपना हुन्छ नै । कुनै खेलाडीको सतक बनाउने सपना पुरा हुन्छ भने कुनै खेलाडीको सतक बनाउने सपना अधुरै रहन्छ ।
यी ८ खेलाडीले भने आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा ५० भन्दा बढि सतक बनाउन सफल भए ।
अन्तराष्ट्रिय क्रिकेटमा ५० भन्दा बढि सतक बनाउने ८ खेलाडीको नाम यस प्रकारका रहेका छन ।
१. सचिन तेन्डुलकर

क्रिकेटका भगवान समेत भनेर चिनिने सचिन रमेश तेन्डुलकरले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा १०० सतक बनाएका छन । उनी १०० सतक बनाउने पहिलो खेलाडी समेत हुन । उनले ODI मा ४९ र टेस्ट क्रिकेटमा ५१ सतक बनाएका छन ।
२. रिक्की पोन्टिङ्ग

अष्ट्रेलियाका पूर्वकप्तान समेत रहेका रिक्की पोन्टिङ्गले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा ७१ सतक बनाएका छन । उनले ODI मा ३० र टेस्टमा ४१ सतक बनाएका छन ।
३. विराट कोहली

भारतका कप्तान विराट कोहली सबै भन्दा बढि सतक बनाउने खेलाडीको सुचिमा तेस्रो नम्बरमा रहेका छन । उनले अन्तराष्ट्रिय क्रिकेटमा ७० सतक बनाई सकेका छन । उनले ODI मा ४३ र टेस्ट क्रिकेटमा २७ सतक बनाएका छन ।
४. कुमार संगकारा

श्रीलंकाका पुर्वकप्तान कुमार संगकाराले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा ६३ सतक बनाएका छन । उनले ODI मा २५ र टेस्टमा ३८ सतक बनाएका छन ।
५. ज्याक क्यालिस

दक्षिण अफ्रिकाका ज्याक क्यालिसले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा ६२ सतक बनाएका छन । उनले ODI मा १७ र टेस्टमा ४५ सतक बनाएका छन ।
६. हशिम आमला

दक्षिण अफ्रिकाकै अर्का खेलाडी हशिम आमला यस सुचिमा छैठौं नम्बरमा रहेका छन । उनले आफ्नो करियरमा ५५ सतक बनाएका छन । उनले ODI मा २७ र टेस्टमा २८ सतक बनाएका छन ।
७. महेला जयवर्धने

श्रीलंकाका महेला जयवर्धनेले आफ्नो क्रिकेट करियरमा ५४ सतक बनाएका छन । उनले ODI मा १९, टेस्टमा ३४ र टि–२० मा १ सतक बनाएका छन ।
८.ब्रायन लारा

वेस्टइंडीजका ब्रायन लारा यस सुचिको आठौँ स्थानमा रहेका छन । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा ५३ सतक बनाएका छन । उनले ODI मा १९ र टेस्ट क्रिकेटमा ३४ सतक बनाएका छन ।
यी ८ खेलाडी मध्य विराट कोहलीमात्र अहिले सक्रिय खेलाडी रहेका छन । अरु ७ खेलाडीले अन्तराष्ट्रिय क्रिकेटबाट बिदा ली सकेका छन ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १६:३२ मा प्रकाशित






























