२४ माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ बेल्जियम र युरो नेपाल खेलुकद संघको संयुक्त आयोजनामा बेल्जियममा बृहद् भलिवल प्रतियोगिता आयोजना हुँदैछ ।
‘स्वस्थ्य जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त भलिबल प्रतियोगिता फेब्रुअरी २३ आइतबारका दिन हुन लागेको एनआरएनए बेल्जियमका युवा संयोजक कासी दनैले बताएका छन् ।
उनले उक्त प्रतियोगितामा बेल्जियमबासी नेपाली तथा विभिन्न संघसंस्थाहरुमा सहभागीका लागि अनुरोध समेत गरेका छन् ।
उनका अनुसार सहभागिताका लागि टिम दर्ता शुल्क २०० युरो रहेको छ भने प्रतियोगितामा प्रथम हुनेलाई १ं००० युरोसहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुनेलाई ५०० युरोसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा अनुशासित टिमलाई प्रमाणपत्र तथा आकर्षक पुरस्कारको व्यवस्था गरिने पनि दनैले संसारन्युजलाई बताएका छन् ।
उक्त भलिबल प्रतियोगिताको एनआरएनएका तर्फबाट कासी दनै र युरो नेपाल खेलकुद संघबाट तुंग निरौला संयोजक रहेका छन् ।
स्थान् – plantin en morietuslei 343.
2140 borgerhout
समय – १०.३० बजे
सहभागिताको लागि टिम दर्ता सुल्क -२००€
प्रथम पुरस्कार -१०००€ ट्रफि, मेडल ,प्रमाण पत्र
दोश्रो पुरस्कार -५००€ ट्रफि,मेडल,प्रमाण पत्र
अन्य बिधामा उत्कृष्ट प्रदर्सन गर्ने खेलाडि तथा अनुसासित टिम लाइ पनि प्रमाण पत्र तथा आकर्सक पुरस्कारको ब्यबस्था गरिएको छ।
नोट – सम्पुर्ण खेलाडिले तथा स्वयम सेबकहरुले अनिबार्य रुपमा स्पोर्ट सुज लगाउनु पर्ने हुन्छ , बाहिर बाट लगाएर आएको कुनै सुज लगाएर खेल मैदान मा प्रबेस गर्न पाइने छैन। कालो सोल भएकोस्पेर्ट सुज पनि खेलमैदान भित्र लगाउन पाइने छैन।
सम्पर्क –
तुंग निरौला -0485451919
ज्ञानु थापा-0497 37 19 37
काँशी दनै -0485640396
नबिन नेपाल-0483695855

वि.सं.२०७६ माघ २४ शुक्रवार १६:२० मा प्रकाशित



























