back
CTIZAN AD

भीमसेनस्थानमा सिभिल बैंकको शाखा उद्घाटन

वि.सं.२०७६ माघ २४ शुक्रवार

786 

shares

नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर चिन्तामणि शिवाकोटीले आज एक समारोहबीच सिभिल बैंक लिमिटेडको भीमसेनस्थान शाखाको समुद्घाटन गरेका छन् । उदघाटन समारोहमा उनले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाटवित्तिय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए ।

उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाण्डौ महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए । आफूले बैंकलाई आफ्नो तर्पmबाट भरपुर सहयोग गर्ने बताए ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

सिभिल बैंकका अध्यक्ष इ.इच्छाराज तामाङ्गले सिभिल बैंक समाजसँग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भएबमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचापनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।

समारोहका अध्यक्ष तथा बैंकका अध्यक्ष तामाङ्गबाट परोपकार आदर्श माविको कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर.प्रोग्रामअन्तर्गत मासिक रु ३००० का दरले १ वर्षको जम्मा रु ३६०००को आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका अध्यक्ष इ.इच्छा राज तामाङ्ग्, सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सिभिल बैंकका चिफ क्रेडिट अफिसर सचिनजङ्ग रायमाझी, सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टलगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेको रु ५२ अर्व भन्दाबढी निक्षेप परिचालन गरी करीव रु ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट सेवाप्रदान गर्दै आएको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १६:३७ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...