२४ माघ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लि.को बिहिबार बसेको सञ्चालक समितिको बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ८,४१,५४,७१,५७६.३० को २ प्रतिशतले हुन आउने रकम रु.१६,८३,०९,४२३.७० बोनश शेयर वितरण गर्ने र कुल चुक्तापुँजी रु.८,४१,५४,७१,५७६.३० को ४.७५ प्रतिशतले हुनआउने रकम रु.३९,९७,३४,८९९.८७. नगद लाभांश वितरण गर्ने जनएको छ ।
बैंकद्वारा जारी गरिएको विज्ञप्ति अनुसार नगद लाभांस र बोनस सेयरका लागि प्रस्ताव गरिएको आर्थिक वर्ष २०७५ र ७६ को वित्तिय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण तथा अनुसूचीहरु प्रकाशन गर्न तथा प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पारित गरिएको छ ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १६:३८ मा प्रकाशित






























