२४ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला सुनाएको हो । फैसलासँगै काठमाडौंको छाउनीस्थति १५ रोपनी जग्गा नेपाल ट्रष्टकै हुने भएको हो ।
स्वर्गीय राजा वीरेन्द्र शाह तथा उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति नेपाल ट्रस्टको मातहत ल्याउने भन्दै सरकारले १ पुस २०६४ मा निर्णय गरेको थियो । सरकारको उक्त निर्णयअनुसार छाउनीमा रहेको १५ रोपनी जग्गा पनि ट्रस्ट मातहत आएको थियो ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १७:२४ मा प्रकाशित






























