राजनीतिक विश्लेषक भरत दाहालले ललित निवास प्रकरण गुपचुप एमसीसी पास गर्ने नाटक भएको बताएका छन् ।
वालुवाटार भ्रष्टाचार काण्डमा अख्तियारलाई मुद्दा हाल्न लगाएर नेपालीहरुको ध्यान यसैमा तान्ने र एमसीसी मुद्दालाई ओझेलमा पारेर गुपचुप रुपमा संसदबाट पारित गर्ने षड्यन्त्र अघि बढेको आशंका उनले व्यक्त गरेका छन् ।
उनले नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छेदारको नाम सामेल गरेर मुद्दा चलाउनुको उद्देश्य साँच्चिकै कार्वाही अघि बढाएको भ्रम सिर्जना गर्ने चाल मात्र भएको आरोप समेत लगाएका छन् ।
उनले भनेका छन् :
“MCC बहस भन्दा बाहिर नजाऔं, एउटा संकट टार्न अर्को मुद्दा उछाल्ने दलाल धन्धा हो । सबैलाई अख्तियारको नाटकमा घुमाएर गुपचुप MCC पारित गर्ने योजना लागु हुँदैछ ।
वालुवाटार भ्रष्टाचार काण्डमा अख्तियारलाई मुद्दा हाल्न लगाएर नेपालीहरुको ध्यान यसैमा तान्ने र MCC मुद्दालाई ओझेलमा पारेर गुपचुप रुपमा संसदबाट पारित गर्ने षडयन्त्र अघि बढेको छ। सत्तामा रहेका सबै भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिएर सत्ता बाहिर रहेकाहरुलाई मात्र यसमा मुछ्नु, यो लामो भ्रष्टाचार सिलसिलामा संलग्न रहेका अन्य मन्त्रीहरुलाई पनि नछुनु तथा प्रधानमन्त्रीको हैसियतमा भ्रष्टाचारका फाईहरुलाई स्विकृत गर्दै जाने व्यक्तिहरुलाई मुद्दा लगाउन नमिल्ने निर्णय गर्नुबाट नै यो कार्वाहीका लागि चालिएको कदम होईन भन्ने यथार्थता छर्लङ्ग हुन्छ।
विजय गच्छेदारको नाम सामेल गरेर मुद्दा चलाउनुको उद्देश्य साँच्चिकै कार्वाही अघि बढाएको भ्रम सिर्जना गर्ने चाल मात्र हो। विजय गच्छेदारमाथि कार्वाही हुने कुरा एकादेशको कथा हो। अदालतले सफाई दिएपछि यसबारेमा सबै कुरा थाहा हुन्छ। शेरबहादुरसंग एउटै मत बनाएर अमेरीकाका हातमा देश बेच्न उद्दत ओली गिरोहले कांग्रेससंग यति ठूलो जोखिम मोल्छ भन्ने कुरा सोंच्न पनि सकिन्न र यतिबेला केपी र शेरबकहादुरमा विभाजन हुने गरी सिआईएले कुनै काम गर्न पनि दिंदैन। आफ्नै दलका जिम्मेवार मानिसहरु यस भ्रष्टाचारमा मुछिएको वास्तविकतालाई हेर्ने हो भने पनि ओलीले कांग्रेससंग यस्तो जोखिम लिन सक्ने संभावना कतै पनि देखिन्न।
अख्तियारको मुद्दाको प्रकरणसंगथै जोडिएको अर्को दृष्यमाथि ध्यान दिनु आवश्यक छ। कांग्रेस र एमाले ललिता निवास भ्रष्टाचारमा जुधे जस्तो देखाएर वातावरण तात्तिन थालेपछि CIAका पटके ज्यालादार व्यक्ति र मिडीयाहरु एमसीसी को पक्षमा तिब्र रुपमा सल्बलाएका छन्। यो प्रकरणसंगै मूलधार भनिएका CIA फण्डेड मिडीयाहरुमा एमसीसीको पक्षमा धमाधम लेखरसमाचारहरु बर्षिन थालेका छन्। एमसीसी पारित गराउन त्यसका उपाध्यक्ष काठमाडौं आउन थालेको चर्चासंगै अख्तियारलाई प्रयोग गरेर नेपालीहरुलाई CIAको रणनीतिमा घुमाउने प्रपञ्च सुरु भएको छ।
इतिहास हेरेर यिनीहरूको षडयन्त्र बुझ्ने कोशीस गरौं। सबै दलको शासन कालमा राज्यकोषबाट खरबौंको भ्रष्टाचार भएको छ तर भ्रष्टाचारको अभियोगमा कसैले कसैमाथि कार्वाही गरेको यौटा पनि क्षतिहास छैन। बरू ठूला भ्रष्टाचारका काण्डहरू ढाकछोप गर्न सबै एउटै मत बनाएर एक ठाउँमा उभिएका छन्। ठूलो रकमका भ्रष्टाचारहरू सबै नमिलेर हुँदैनन् पनि। एनसेल र वाइड बडी जहाज काण्डमा एमाले र शेरबहादुरको समान मत रहेको कुरा जगजाहेर छ। विदेशी दलालहरूको नक्कली विरोधको चक्रब्युहमा विभाजित भएर हामी सँधै यिनीहरूको गोलचक्करमा घुमेका छौं।”
वि.सं.२०७६ माघ २४ शुक्रवार १७:५४ मा प्रकाशित






























