back
CTIZAN AD

घानामा लैजान लागिएका १२ नेपाली रोक्न एनआरएनएको अनुरोध

वि.सं.२०७६ माघ २४ शुक्रवार

1.6K 

shares

२४ माघ, काठमाडौँ । गैरआवासीय नेपाली संघ घानाले दुस्चक्रमा फसाएर घाना पु¥याउन खोजिएका १२ नेपालीलाई रोक्न जरुरी अनुरोध गरेको छ ।

एनआरएनए घानाका अनुसार यसअघि अलपत्र पारिएका २ नेपालीको सूचनाका आधारमा सो सार्वजनिक अपिल गर्नुपरेको जनाइएको छ । एनआरएनए घानाका तर्फबाट केन्द्रीय अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हमेराज शर्मा र आइसीसी परिवारलाई सम्बोधन गरी ७ फ्रेबुअरीका दिन लेखिएको पत्रका अनुसार पशुपति भिजन गौशलाको ठिक पछाडी कार्यालय रहेको सनराइज ह्युमन रिसोर्सले १२ नेपाली अलपत्र पर्ने गरी आइतबार उडाउँदैछ ।

अस्तित्वमा नै नभएको Archomet Oil Company को नाममा १२ नेपालीलाई फ्लाइ दुबई र इमिरेट्स एयरबाट घाना पु¥याइ अलपत्र पार्दैछ भन्ने जानकारी प्राप्त भएकाले सो अनुरोध गर्नु परेको जनाइएको छ । यसअघि घाना पु¥याइएका पासपोर्ट नं ०८७९५८६५ का रेशम श्रेष्ठ र पासपोर्ट नं ११११६२५७ का सुमन भण्डारीले दिएको सूचना अनुसार हुँदै नभएको कम्पनीमा पाइँदै नपाइने आकर्षक तलबको लोभ देखाएर थप नेपाली त्यता लान खोजिएको छ । जनही १२ लाख तिरेर १५७० अमेरिकी डलर कमाउन गएका दुई युवा अलपत्र पारीएपछि सनराइज ह्युमन रिसोर्सको यो प्रकरण बाहिर आएको हो ।

उनीहरुका अनुसार नेपालको एजेण्ट अमर पाण्डेले फ्रेबुअरीको अन्तिमसम्म भनेर ढाँटी रहेको र घानाको एजेण्ट कुवाकु अनानले ‘कम्पनी देखाउन सक्दिन, तिमीहरु टिकट काटेर आफ्नै घर जाउ’ भनेर दबाब दिइरहेको बताइएको छ । अलपत्र पारिएका यी दुई युवाको सूचनाका आधारमा थप १२ नेपाली अलपत्र नपारिउन भनि गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले समेत अपिल गरेका छन् ।

अलपत्र पारिएका रेशम श्रेष्ठ र सुमन भण्डारीलाई ७ फ्रेबुअरीसम्म पनि पासपोर्ट नदिएपछि उनीहरुको हस्तलिखित गुहार सार्वजनिक भएसँगै एनआरएनए घानाले यस्तो विशेष अनुरोध गरेको हो ।

 

 

वि.सं.२०७६ माघ २४ शुक्रवार २१:३१ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...