back
CTIZAN AD

हेर्नुहोस आजको राशिफल, कस्लाई फलिफाप अनि कस्लाई बाधा छ त ?

वि.सं.२०७६ माघ २५ शनिवार

729 

shares

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ

केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बनाउन सकिनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे लाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । प्रतिस्पर्धीहरू पछि हट्नेछन् । तारिफयोग्य कामले नाम, दाम र इनाम दिलाउनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह

अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ । केही कठोर निर्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ । भेटघाट र खानपानमा समय व्यतीत हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । बिछोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ । आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन् ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू भने कमजोर हुनेछन् । करकापमा गरिएको निर्णयले पनि अन्तत ः फाइदै हुनेछ । प्रतिस्पर्धीहरूको कमजोरीबाट लाभ उठाउने मौका पाइनेछ । खर्च लागे पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

घरेलु समस्या सुल्झाउन समय लागे पनि सामाजिक कामले लोकप्रियता दिलाउनेछ । पेसा–व्यवसायमा उपलब्धिको स्रोत प्राप्त हुनेछ । लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ । काम गर्दा विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ । सामाजिक जिम्मेवारी पनि बढ्नेछ । नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीसमेत सहयोगी बन्नेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामको मेसो नमिल्दा केही पछि परिएला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ । बोलीको माध्यमले लाभ दिलाउनेछ । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ ।

माघ २५ २०२० फेब्रवरी ८

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य ९८४१३५२१६४

तपाईको आजको दिन कस्तो रहनेछ ?हेर्नुहोस् (माघ २४ गते) को राशिफल

वि.सं.२०७६ माघ २५ शनिवार ०७:४४ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...