back
CTIZAN AD

विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीको बालुवाटारको जग्गा सरकारका नाममा ल्याइयो

वि.सं.२०७६ माघ २५ शनिवार

831 

shares

२५ माघ, काठमाडौँ । नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले दुई जनाको नाममा रहेको ललिता निवासका जग्गाहरु सरकारका नाममा ल्याइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि रेग्मी र पौडेलको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको हो ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा पौडेल र रेग्मीले आफ्नो नाममा रहेको जग्गा सरकारलाई छाड्ने भएपछि दुवैलाई मुद्धा  नलाग्ने भनेपछि त्यसको सवत्र्र आलोचना गरिएको छ ।

ललितानिवास प्रकरणमा जग्गा फिर्ता गर्न मञ्जुर भएकै कारण पौडेल र रेग्मीमाथि मुद्धा नचलाउने अख्तियारको निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख विपक्षी नेपाली कांग्रेसले आयोग सरकारको निर्देशनमा चलेको भन्ने आरोप लगाउनुका साथै सदन र सडक संघर्ष थालेको छ ।

वि.सं.२०७६ माघ २५ शनिवार १९:२७ मा प्रकाशित

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...