२६ माघ, काठमाडौँ । निर्वाचनमा सजिलै टिकट कसले पाउँछ ? जसले राजनीतिक नेतृत्वलाई पैसा दिन्छ । पैसाको बलमा टिकट पाउने ठेकेदारले मात्र होइन, ठेकेदारसँग प्रतिस्पर्धा गर्ने राजनीति कार्यकर्ताले पनि पैसाको खोलो बगाउनेपर्ने बाध्यता छ । यसरी निर्वाचन महँगो हुँदा भ्रष्टाचार मौलाएको छ ।
निर्माण महासंघ र जिल्लास्थित निर्माण व्यवसायी संघबाट सङकलन गरेको सूचीअनुसार वडासदस्यदेखि संघीय सांसदसम्म दुई सय आठ जनप्रतिनिधि ठेकेदार छन् । संघीय संसद्मा नै ६ सांसद ठेकेदार छन् ।
प्रदेशमा १८ सांसद रहेका छन् । स्थानीय तहमा एक सय ८४ जनप्रतिनिधि ठेकेदार छन् यीमध्ये ३८ जना स्थानीय तहको प्रमुख नै छन् । आइतबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ माघ २६ आइतवार ०७:५९ मा प्रकाशित






























