back
CTIZAN AD

विगत संझेर कार्यक्रममै धर्धरी रोए सभामुख सापकोटा

वि.सं.२०७६ माघ २६ आइतवार

756 

shares

२६ माघ, काठमाडौं । गृहजिल्ला सिन्धुपाल्चोकको कुभिण्डे पुगेका सभामुख अग्नि सापकोटा भाषण गर्दा गर्दै धरधरी रोएका छन् ।
शनिबार चौतारा-साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४३ औँ वार्षिकोत्सवमा पुगेका सभामुख एकाएक रुन थालेपछि केहीबेर माहोल नै स्तब्ध बनेको थियो । माओवादी जनयुद्धका सहिद र आमा सम्झिएर उनि कार्यक्रममै रोएका हुन् ।

वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्ने क्रममा सभामुख सापकोटा दुई पटक भक्कानिए । जनयुद्धमा होमिएर साहदत भएका गाउँका दाजुभाइलाई सम्झँदै भक्कानिएका उनी आफ्नी आमालाई स्मरण गर्दै भावविह्ल हुन पुगे ।

‘यो एउटै गाउँबाट २२ जनाको सहादत भएको छ,’ भावुक हुँदै सहिदको नाम लिएर भाषण सुरु गरेका सापकोटा एक्कासी भक्कानिन पुगे । गाउँका दाजुभाइ, दिदीबहिनीले गरेको आन्दोलन र सहिदको बलिदानीले ल्याएको परिवर्तनले आफूलाई गरिमामय तहमा र्पुयाएको भन्दै उनले सभामुख पद उनीहरुप्रति समर्पित गरे । ‘पदको गरिमा सदैव उच्च राख्ने छु,’ कार्यक्रमको मञ्चमा राखिएका सहिदका तस्बिरलाई साक्षी राख्दै सभामुख सापकोटाले बाचा गरे, ‘संसदमा सके राम्रो गर्छु । नराम्रो चाहिँ गर्दिन ।’

कुविण्डे त्यो गाउँ हो, जुन तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे बिद्रोहमा रोल्पाको लिवाङ, थवाङ, घर्तीगाउँ जत्तिकै चर्चित छ । माओवादीले २०५२ फागुन १ गतेदेखि जनयुद्ध घोषणा गर्नु एक महिना अगावै यहाँका धेरै स्थानीय भूमिगत भइसकेका थिए । त्यसको नेतृत्व सापकोटाले नै गरेका थिए ।

युद्धका क्रममा उनका एकाघरमा भतिजा, भतिजी, आफन्तसहित २२ जनाले ज्यान गुमाएका थिए। उनीहरुमध्ये अधिकांश यसै विद्यालयका पूर्व विद्यार्थी थिए । त्यसैले विद्यालयले हरेक कार्यक्रममा उनीहरुलाई सम्झने गर्छ । आन्दोलनमा लागेबापत तत्कालीन राज्यले २०५२ माघ १८ गते धरपकड गर्दा गाउँ रित्तो भएको उनले सुनाए । सभामुख सापकोटाले मन्तव्य अवधिभर जनयुद्ध, माओवादी, कमरेड जस्ता शब्दावली भने प्रयोग गरेनन् ।

सभामुख सापकोटालाई जिल्ला समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती, हेलम्बु, बलेफी र लिसंखुपाखर गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै नागरिक समाजका अगुवा संस्थाहरु नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, जिल्ला बार, नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, निर्माण व्यावसायी संघ, शिक्षक संघ संगठनका दर्जन बढी संघ संस्थाहरुको तर्फबाट अभिन्नदन गरिएको थियो ।

 

वि.सं.२०७६ माघ २६ आइतवार ०८:३६ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...