२६ माघ, काठमाडौँ । ट्राफिक प्रहरीले परीक्षा दिनुपर्ने भएको छ । परीक्षा हलमा दिनुपर्ने नभई उनीहरुकै कार्यसम्पादनलाई आधार बनाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यसम्पादनलाई नै मुख्य आधार बनाएर उनीहरुको मूल्याङ्कन सुरु गरेको छ ।
ट्राफिकले गर्ने दैनिक कामकारबाहीलाई चार खण्डमा बाँडेर ४ सय पूर्णङकका ५० प्रश्नका आधारमा मूल्याङ्कन गर्ने भएको छ । कार्यालय व्यवस्थापन, प्रहरी आचरण व्यवहार एवं अनुशासनमा २५, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणमा २ सय, सवारी चोरी एवं दुर्घटनासम्बन्धी अनुसन्धानमा ६० र सिर्जनशील एवं उपलब्धिमूलक कार्यसम्पादनबापत ११५ अङ्कमा विभाजन गरिएको छ । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ माघ २६ आइतवार ०८:४३ मा प्रकाशित






























