back
CTIZAN AD

फेरि जलिन् महिला

वि.सं.२०७६ माघ २७ सोमवार

714 

shares

२७ माघ, राजविराज । प्रदेश नम्बर २ सरकारद्वारा छोरी सुरक्षालाई लिएर विभिन्न अभियान चलिरहेकै बेला तराई मधेसका जिल्लामा छोरीहरू असुरक्षित भइरहेको र ज्युँदै जलाइएका घटना एकपछि अर्काे गरी बाहिरिएका छन् । धनुषा, सिरहापछि हालै सप्तरीमा ज्युँदै जलाएर हत्या प्रयासको घटना बाहिरिएको छ ।

यसले सरकारको योजनामाथि प्रश्न चिन्हका साथै चुनौती समेत थपेको छ । घरायसी विवादमा सप्तरीको राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा उनका ससुरा ५५ वर्षीय परशुराम शर्मा पक्राउ परेका छन्  । परशुरामलाई पक्राउ गरी आगो लगाइ ज्यान मार्ने उद्योगमा कारवाही भइरहेको डीएसपी तिलक भारतीले जानकारी दिए । पीडितका अनुसार ससुरासहित सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेवी शर्मासमेत योजनामा संलग्न छन् ।

रेखा आगोमा जलिरहँदा श्रीमान रवीन्द्रबाहेक आरोपित सबै घरमै थिए । आरोपितले आगो सल्काएर हत्या गर्ने योजनाअनुरूप आफूले लगाउने सारीमा पेट्रोल छर्केर राखिदिएको उनको आरोप छ । पीडितले भनिन्, ‘आँगनमा हिँडिरहेका बेला टाढा रहेको चुलोको आगो एक्कासि सारीमा सल्कियो, गुहार माग्दा घरमै रहेका आरोपित जोगाउनसमेत आएनन् । अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ माघ २७ सोमवार ०८:३७ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु...