back
CTIZAN AD

एनआरएनएले दियो आफ्ना सदस्यलाई यस्तो उर्दी, राजिनामा नदिए कारबाही गरिने

वि.सं.२०७६ माघ २९ बुधवार

723 

shares

२९ माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ एनआरएनएले आफ्नो संस्थालाई विशुद्ध राजनीति संस्था बताँउदै आएपनि संघको कार्यकारी पदमा रहेका पदाधिकारीहरु कुनै न कुनै राजनीतिक दलमा आवद्ध रहेका छन् ।

देशमा रहँदै विभिन्न राजनीतिक पार्टीभित्र आस्था राख्नेहरु र विदेश गएपछि पनि दलका भातृ संगठनका रुपमा संगठित भइसकेकाहरु नै एनआरएनएको कार्यकारी पदमा रहेका छन् । भलै उनीहरुले संस्थामा आफ्नो पार्टी र आस्थाका बारेमा नबताएपनि भित्र कुनै न कुनै रुपमा पार्टीमा संलग्नता जनाइरहेको पाइन्छ ।

तर, यतिबेला भने एनआरएनएले त्यस्ता राजनीतिक संगठनको कार्यकारी पदमा रहेर चिनिएका र संस्थामा पनि कार्यकारी पदमा रहेकाहरुलाई मिति तोकेरै ती संगठनबाट राजिनमा दिन वा अन्यथा संघको विधान बमोजिम कारबाही भोग्नुपर्ने निर्देशन दिएको छ ।

‘यसै सन्दर्भमा हालै विभिन्न पत्रपत्रिका र अन्य श्रोतबाट केही अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलका भातृसंगठनको कार्यसमितिमा संलग्न भएको जानकारी प्राप्त भएको छ,’ संघका महासचिव हेम राज शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अत : निजहरुले आफू संलग्न संगठनबाट राजिनामा दिएको स्व : घोषणा गरी यसको जानकारी मिति २५ फेब्रअरी २०२० सम्म संघका महासचिवलाई दिनुहुन अनुरोध गर्दछु । यस मितिभित्र जवाफ नआएको खण्डमा प्रचलित बिधान अनुसार निजलाई पदमुक्त गरी कारबाही अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ ।’

वि.सं.२०७६ माघ २९ बुधवार ०८:०० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...