२९ माघ, काठमाडौँ । कर लाग्ने तथा सेवा खरिदको भुक्तानी विद्युतीय कार्डमार्फत गर्दा अब उपभोक्ताले १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् ।
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै सरकारले यस कार्यक्रम कार्यान्वयनमा आएको हो ।
आन्तरिक राजश्व विभागले निर्माण गरेको यस्तो प्रणालीको अर्थमन्त्री खतिवडाले रिमोट दबाएर शुभारम्भ गरेका थिए । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ २९ बुधवार ०८:०८ मा प्रकाशित






























