२९ माघ, काठमाण्डौं । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गुणस्तरीय सामानको उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल सरकार, सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघको संयुक्त आयोजनामा भएको cement concrete pavement for roads : A Sustainable Approach’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले गुणस्तरीयताले मात्र टिकाउ हुने हुँदा सकेसम्मको प्रयास स्तरीयताका लागि केन्द्रीत हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रमुख अतिथि इश्वर पोखरेलद्धारा गमलामा पानी हालेर उद्घाटन गरिएको सो कार्यक्रममा विशिष्ट अतिथि रहेका भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, उद्योग राज्यमन्त्री मोतिलाल दुगड, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया, सडक विभागका उपमहानिर्देशक राजेन्द्र शर्मा लगायतका वक्ताहरुले सिमेन्टका बहुआयामिक पक्षहरु बारे चर्चा गरेका थिए ।

सडक विभागका महानिर्देशक इ. केशव कुमार शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा डा. इ तारा प्रसाद पोखरेलको स्वागत मन्तव्य तथा सिमेन्ट उत्पादक संघका अध्यक्ष ं. ध्रुवराज थापाको संक्षिप्त प्रस्तुति रहेको थियो ।
प्रचुर मात्रामा स्वदेशमा नै उत्पादन हुने सिमेन्ट प्रयोग गरी Cement concrete pavement गर्न सके चौतर्फि फाइदा हुने निष्कर्ष अन्तरक्रियाको रहेको थियो ।

वि.सं.२०७६ माघ २९ बुधवार १८:२७ मा प्रकाशित






























