back
CTIZAN AD

जनयुद्ध दीवसको सन्दर्भ : नारायण शर्माको ९ बुँदे बहश

वि.सं.२०७६ माघ २९ बुधवार

693 

shares

आज संसारमा जतासुकै पनि स्वच्छता, सदाचार र समर्पणको खडेरी पर्दै गएको छ भने साम्राज्यवादी उपभोक्तावादको प्रकोपका कारण भ्रष्टाचार, कमाओवाद र खाओवादको बिगबिगी बढेको छ । फलस्वरुप मूल्यमान्यता र आस्था–निष्ठाको राजनीति र संस्कृती लुप्तप्रायः छ ! त्यसैले नीति र नैतिकताको जगमा आधारित सहयोग सद्भावको संस्कार र संस्कृति अनि लक्ष–आदर्शकेन्दृत विचार-राजनीतिको संरक्षण, सम्बर्द्धन, अवलम्बन र कार्यान्वयन गर्नु–गराउनु ऐतिहासिक आवश्यकता भएको छ ।
त्यसकारण :

१. सामान्यत : नेपालको निर्माणदेखि क्रान्ती, मुक्ति, प्रगती र समृद्धिसम्मको लागि लडेका आस्था-आदर्श, निष्ठा-नैतिकता र लक्ष–उद्धेश्यमा अविचलित, अथक, अडीग र अलङ्घ्य अग्रणी योद्धाहरुको र विशेषत : वामपन्थी विचार र राजनीतिबाट स्वतन्त्रता , समानता र न्यायको लागि योगदान गरेका नेता, कार्यकर्ता र जनताको अनि मुख्यतः दस बर्षे महान् जनयुद्धमा होमिएका आस्थाका योद्धाहरुको सम्झना र सम्मान गर्दै उहाँहरुका विचार, आचार, त्याग, तपस्या, बलिदान र योगदानको मूल्यांकन र श्रद्धा, अवलम्बन र कार्यान्वयन, रक्षा र विकास अनि प्रचार र प्रबर्द्धन गर्नको लागि अत्यावश्यक देखिएकोले सच्चा, स्वच्छ र स्वाभिमानी स्वतन्त्रता र समानताका सेनानीहरुको संघ अर्थात् ँFair fighters” foundation नामक संस्थाको स्थापना वान्छ्नीय भएको छ ।

२. सामान्यतया हाम्रो आजको सन्दर्भमा fair fighters  भन्नाले निम्नानुसारका यशस्वी तपस्वीहरुलाई बुझ्नुपर्ने भएको छ :
क. संसारका हामी मानवजातिलाई स्वच्छ (fair) हुन र संघर्ष ( fight ) गर्न शिक्षित-दीक्षित गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय संस्थापक–निर्देशक गुरुहरु ।

ख. प्रमिथस\स्पार्टाकस लगायतका आदि विद्रोहीहरु ।

ग. सामान्यत : संसारभरका न्याय-समानताका आन्दोलनका शहीदहरु, विशेषत : नेपाली जनक्रान्तिका लखन थपादेखी गङ्गा-शुक्र-दशरथ र धर्मभक्त हुँदै २०२८ र २९ को झापा विद्रोह, २०३६, ४६ र ६२ र ६३ का जन आन्दोलन र मुख्यत : २०५२–२०६२ को नेपाली माओवादी जनयुद्धका महान् सहिद र वेपत्ता योद्धाहरु ।

घ. नेपाली राष्ट्रियता,जनतन्त्र, जनजीविका र समाजवादी-साम्यवादी आन्दोलनका सम्पूर्ण घाइते-अपाङ्ग र अयोग्य घोषित माओवादी लडाकू योद्धाहरु ।

ङ – क. शिवराज गौतम, अम्बिका साँवा, शक्ति लम्साल आदि जस्ता दिवङ्गत अथक योद्धाहरु ।

च-जिउँदा सहिदका रुपमा क्रियाशील स्वच्छ, निस्पक्ष, न्यायप्रेमी, सदाचारी, आदर्शवान र नैतिकवान क्रान्तिकारी नेता–कार्यकर्ता र आमजनसमुदायहरु, आदि ।

३. आज प्रायः संसारैभरी र त्यसमा पनि नेपालमा मालेमावादी क्रान्तिकारी विचार-सिद्धान्त, मूल्य-मान्यता, नीति-नैतिकता र आस्था-निष्ठाजन्य राजनीतिको खडेरी पर्दै गैरहेको अनि विगत र वर्तमानमा यसको निम्ति रगत–पसिना बगाएका सीधा-सादा, स्वच्छ-स्वस्थ, इमान्दार र नैतिकवान अग्रज-दिग्गजहरुलाई सम्मान गर्नेभन्दा पनि उपेक्षा र उपहास गर्ने अन्यायपूर्ण र प्रतिक्रान्तिकारी संस्कार र संस्कृती बढ्दै गैरहेको दुखद अवस्था छ । यो अवस्थामा क्रान्तिकारी इतिहासको संरक्षण र संबर्द्धन गर्दै वर्तमान र भावी पिंढीलाई यसतर्फ आकर्षित र उत्प्रेरित गर्न नित्तान्त जरुरी भएको छ ।

४. यससन्दर्भमा विश्व इतिहास र नेपालको इतिहासमा हालसम्मकै गौरवशाली इतिहास हो माओवादी जनयुद्ध र गणतन्त्रको इतिहास । त्यसैले यो ईतिहास निर्माणमा निशङ्क, निस्वार्थ र निर्भिक रुपमा लगानी र कुर्वानी गर्ने सहिद, वेपत्ता योद्धा र घाइते-अपाङ्गलगायत सम्पूर्ण सतीसालजस्ता आस्थाका योद्धाहरुको विशेषरुपले सम्झना, सम्मान र सलामी गर्नु यस संस्थाको उद्देश्य र कार्यभार हुनेछ । ५. अहिले नेपालको इतिहासमा एक महान्, भव्य र दिव्य परिघटनाको रुपमा स्थापित माओवादी जनयुद्धको सुरुवात गरिएको अविस्मरणीय र ऐतिहासिक दिन फागुन १ नजिकिएको छ ! उक्त दिनमा नै २०५२ सालमा देसभरमा जम्मा दुई वटा बन्दुक र ७० जना पूर्णकालीन नेता, कार्यकर्ता र लडाकाहरु मात्रले सामान्यत : विविध जाती, वंश र कालखण्डमा १८०० बर्षभन्दा पहिलेदेखि रहिआएको र विशेषत : २४० बर्षदेखी निरन्तर रुपमा एउटै वंश शाहवंशको रुपमा जरा गाडेर बसेको सामन्तवादको शक्तिशाली प्रतिनिधि संस्था राजतन्त्र र पछिल्लो अवधिमा विश्व साम्राज्यवादको आडभरोषामा थोपरिएको प्रतिक्रियावादी राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध ‘प्रतिकृयावादी राज्यसत्ताको ध्वंस गरौं । नयाँ जनवादी व्यवस्थाको स्थापना गरौं !!’ भन्ने मूल नाराका साथ महान् जनयुद्धको घोषणा भएको थियो ।

६.-उक्त ऐतिहासिक दिन र उक्त दिन थालनी गरिएको महान् जनयुद्धमा बलिदान र योगदान गर्ने महात्माहरुको तत्कालैदेखी सम्मान गर्नु पर्ने जरुरी भएकोले उपरोक्त उद्देश्य र कार्यभार पूरा गर्नको लागि आस्थाको राजनीतिमा समर्पित, सकृय र सादगी व्यक्तित्वहरुको पहल र प्रयत्नमा यो संस्थाको स्थापना गरि काम अघि बढाउन वान्छनीय भएको छ ।

७- तसर्थ सम्पूर्ण न्याय, समानता र स्वतन्त्रताका पक्षमा लडेका र अझै पनि लड्नेस स्वाभिमान, स्वनिर्भरता, स्वविवेकमा बाँचेका र अझैपनी यसरी नै बाँच्न चाहेकास वर्गीय र राष्ट्रिय क्रान्ति, मुक्ती र प्रगतिको लागि सकृय र समर्पित रहेका अनि स्वच्छता, सदाचारीता र नैतिक मूल्य र मान्यतामा अडेका सम्पूर्ण सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु, पक्का देशभक्त र जनवादी योद्धाहरु तथा वास्तविक वामपन्थी र प्रगतिशील व्यक्तित्वहरु एवम् राज्यसत्ता वा पार्टीसत्ताका विविध जालझेल, अन्याय–अत्याचार, शोषण–दमन र हेला–होंचोमा परेर पनि तिनका विरुद्ध सक्दो विरोध, अवरोध र प्रतिरोध गरेका वा गर्न चाहेका सम्पूर्ण महानुभावहरुलाई यस संस्थामा समेटिएर सक्दो योगदान दिन र यथोचित आत्मसन्तुष्टि र आत्मसम्मान प्राप्त गर्नको लागि हार्दिक आग्रह गर्दै एकीकृत र केन्द्रीकृत हुँदै समष्टिगत र संस्थागत रुपमा अघि बढ्नु अत्यावस्यक भएको छ ।

८- र, आज हामीले यस संस्थामार्फत उठाउनुपर्ने नाराहरु यसप्रकार रहेको देखिएको छ

-न्याय, समानता र स्वतन्त्रताको अभियान ! स्वच्छता, सदाचारिता र त्याग(बलिदान !!

-स्वस्थ, संघर्ष, समर्पण र स्वाभिमान ! क्रान्ती, मुक्ती र प्रगतिमा योगदान !! – आस्था-निष्ठा र मूल्य-मान्यताको राजनीति ! सहयोग-सद्भाव र सोद्देश्य कुर्वानीको संस्कृति !! -राष्ट्रियता, जनतन्त्र र जनजीविका ! जनहितमा होस् हाम्रो भूमिका !!

– समाजवाद(साम्यवाद र विकास(समृद्धी ! हाम्रो राम्रो रिद्धी(सिद्धि !! – फेअर फाइटर्सका सपना(जपना ! साकार पारौं हाम्रा विपना !!

९- यसो गर्न सक्यौं भने मात्र विश्वकम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान दिने सच्चा सपुतहरुको सहीरुपमा स्मरण, श्रद्धा र सलामी हुनेछ ! अस्तु !!

शर्मा, नेकपाका केन्द्रीय सदस्य हुन् ।

वि.सं.२०७६ माघ २९ बुधवार १७:५४ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...