१ फागुन , काठमाडौँ । मापदण्डविपरीत सञ्चालित क्रसरका कारण ललितपुरको बागमती गाउँपालिकास्थित ६ मेगावाट विद्युत उत्पादन क्षमताको खानीखोला हाइड्रोपावर बन्द हुने अवस्थामा पुगेको छ । हाइड्रोपावरको बाँधमा मिसिने भालुखोलाको मुहानमै क्रसर उद्योग सञ्चालित छ ।
हाइड्रोपावरका साइट इन्चार्ज महेश ढकालका अनुसार मुहानमै क्रसर उद्योग चलाउँदा पाँगोसहितको पानीले हाइड्रोको ड्याम(बाँध) पुरिने अवस्थामा पुगेको छ । ‘नौ मिटर गहिरो ड्याममा अहिले आठ मिटर लेदोले भरिएको छ,’ ढकालले भने । बालुवा र माटो मिसिएको धमिलोपानीले हाइड्रोपावरको सुरुङ र टर्वाइनमा समेत असर गरेको ढकालले बताए । ‘सुरुङ र टर्वाइनको रनर लेदोले बिगारेको छ,’ उनले भने । बिहीबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ फागुन १ बिहीवार ०७:५१ मा प्रकाशित






























