१ फागुन काठमाडौँ । औषधि पसलबाट प्रतिबन्धित खाद्यपूरक सामग्री बिक्री वितरण गर्न नपाइने भएको छ ।
सुरवि इन्टरनेसनल प्राइभेट लिमिटेड वीरगन्जले खाद्यपूरक औषधि बिक्री गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा दायर गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर बिक्री गर्न पाउनुपर्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र औषधि व्यवस्था विभागलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।
विभागले सुरविद्वारा आयातित औषधि भण्डारमा छापा मारी सिलबन्दीपछि नष्ट गर्ने निर्णय गरेको थियो ।त्यसविरुद्ध फर्मले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागलाई विपक्षी बनाएर ‘ती औषधि बिक्री गर्न पाउनुपर्ने ’ भन्दै उच्च अदालतले पाटनमा रिट दायर गरेको थियो । तर , रिट खारेज भएको छ । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन १ बिहीवार ०७:४३ मा प्रकाशित






























