back
CTIZAN AD

२५ औ जनयुद्द दिवस र मथिंगलमा उठेका हजार प्रश्न

वि.सं.२०७६ फागुन १ बिहीवार

768 

shares

नेपालको अढाई सय बर्ष पुरानो राजतन्त्रात्मक ब्यबस्था बिरुद्द एक दशकसम्म लाखौ जनतालाई संगठित र ब्यबस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यहि फेब्रअरी १३ देखि २५ औ हेमन्तमा लाग्दैछ । आफैमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउ सोहोर्दै छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केहि थान नेताहरुको जीवनमा भने बसन्त बहार आएको चाही धुर्ब सत्य हो ।

यो पंक्तिकारले आफ्नो जीवनका पुरै दुइ दशक स्वयम्सेवी रुपमा यो आन्दोलन भित्र बिताएकाले आफ्ना केहि बिचारहरु यहाँ लेख्दै छु ।

१९९६ फेब्रअरी १३ लाइ आरम्भ बिन्दु मानिएको राजतन्त्र बिरुद्धको नेपाली कान्छो सशस्त्र बिद्रोहले पुरानो ब्यबस्थाको अन्तिम मेरुदण्ड करिब एक लाख सेना बिरुद्ध एक चौथाई सेना निर्माण गरेको इतिहासको तथ्य हो । देशका नब्बे प्रतिशत भू–भागमा नयाँ सत्ताका भ्रुणहरु जन्माएको अर्को तथ्य हो । राजनीतिक तथा फौजी रुपमा पुरानो सत्तालाइ हायल कायल पारेको पनि सत्य हो । सुदूर कर्णालीको अनपढ युवा सुदूरपूर्वको सामरिक नक्शा कोर्दै फौजी श्रेष्ठता कायम गरेको र देशका हजारौ फौजी ठेगानाहरुमा निर्मम हमला गरेको पनि सत्य हो । तर, पच्चिस बर्ष लाग्दै गर्दा के यी सत्यहरु सपना जस्ता लाग्दैनन् ? र, केहि थान नेताहरु र तिनका परिवार वा भजन मण्डली नयाँ सत्ताका मशिहा भएको मात्रै धुर्ब सत्य हो जस्तो लाग्दैन ?

संबिधान सभाबाट नयाँ संबिधान निर्माण भएको र पुरानो ब्यबस्था आर्यघाटमा सेलाइएको सत्य हो तर केन्द्रदेखि गाउँ गाउँ पुगेको सिंहदरबारमा जनताबाट चुनिएका भनिएकाहरु नेपालका अन्तिम राजा जस्तै ब्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ, के यौटा ब्यापारी र ठेकेदार राजा फालेर सैयौ राजाहरुलाई पुर्नस्थापित गर्न लाखौ जनताले आफ्नो आशु पसिना र बलिदानी गरेका थिए ? के समाजबाद ठेक्का पट्टा, कमिशन र भ्रस्टाचारको बाटो हुदै आउने हो ? र ,बैधानिक रुपमा नियुक्त भएका केन्द्र देखि गाउँ सम्मका राजाहरुको लागि आएको वा आउदै गरेको समाजबादलाइ आन्दोलनमा इमान्दार र क्रान्तिकारीहरुले काध थामिदिनु पर्ने कुरो ठिक हो ? अथवा तिनलाई चुच्चे टोपी लगिदिन सल्लाह गर्नु अहिलेको सत्य होइन र ?

नेपाली जनयुद्दको पच्चीसौ बर्ष गाँठको स्मरण गरिरहँदा फागुन १ लाई सकभर बिर्सन खोज्ने नेतृत्वको इरादा बेपत्ता हाम्रा पत्रकार मिलन नेपाली लगायत हजारौ असल नागरिकलाइ बिर्सन खोज्ने होइन र ? बेपत्ता बनाउने हरुलाई उन्मुक्ति, बढुवा र पुरस्कृत गर्न लाखौ घडी र पला जाग्राम हुने नेताहरु बेपत्ता हाम्रा प्रिय कमरेडहरुको खोजिको लागि बिनय गर्दा किन सुतिरहेका होलान ? के यीनले फागुन १ सम्झिरहेका होलान ? सत्य के हो–बेपत्ता योद्धाहरुको लास र सास नभेटिनु सत्य हो कि बेपत्ता गर्नेहरुका पक्षमा सास नफेरी लाग्नु सत्य हो ? के संक्रमंणकालीन न्यायको कुनै गुन्जायस छ ? पिडितलाइ प्रलोभन वा डर धम्कि होइन न्यायको बाटोका पक्षमा वकालत गर्नु कर्तब्य हो वा अन्याय गर्नेहरुको शासन, ब्यापार र फुल्ली थप्न रबर स्ट्याम्प बनेर उनिहरुसँग लगनगाँठो जोड्नु पच्चीस भित्रैको क्रान्तिकारी छलांग हो ?

(ओ–अ) प्रिय सत्तासीन कमरेड यो गर्न तिम्रा हातहरु काम्दैनन ? फागुन १ तिमीले इतिहासको गौरवशाली दिन थियो भन्ने बिर्सिसकेको सत्य प्रमाण यही होइनर ?

यसै फागुनमा तत्कालीन राज्यले हत्या गरेका १४ बर्षका दिल बहादुर रम्तेल अहिले चालिसको फेरोमा लाग्थे र उनि पछी क्रमश पछिल्लो मितिमा लगातार दश बर्षसम्म मारिएका र जनताको ब्यबस्थाकालागि बिरतापूर्वक मृत्यु स्वीकार गरेका १४ हजार सुन्दर जीवनहरुको बलिदानमाथि नैतिकहीन राजनीति गर्नु भन्दा सहिदको रगत पोखिएको माटो छोएर नैतिकहीनहरुको भण्डाफोर गर्नु सत्यको पक्ष लिनु हो । सहिदको बलिदानीबाट आएको र ल्याएको सार्बभौम संसदमा राजतन्त्रको कुडा कर्कटलाइ उनीहरुको डाकागीरी र हत्या हिंसाको पुरस्कार स्वरुप भब्य सपथग्रहण गराउनु रातो गलैचा कुल्चिदै प्रतिक्रान्ति आगनमा आइपुग्नु होइन र ?

प्रतिक्रान्तिलाई रातो गलैचाको बाटो हुदै स्वागत गर्ने तर क्रान्तिकारीहरु बाध्यताले देश निकाला भएकोमा क्रिसमस केक काट्नेहरुबाट पछिल्लो क्रान्तिका उपलब्धिहरु अपहरित भएका छन् । के ति अपहरणकर्ताहरु बिरुद्ध बोल्नु यो युगको आवश्यकता होइन ? फागुन १ वा फेब्रअरी १३ को संदेश यो पच्चीस बर्षपछि पनि यहि हो कि क्रान्तिका अपहरणकर्ताहरु बिरुद्ध निरन्तर आवाज जारि राखौ । शान्ति र अन्यायको पक्षको हाम्रो आवाजले उनीहरुको स्वर्गमा खैलाबैला मच्चिन्छ भने दुन्दुभी अझै जारि राखौ । के यो अहिलेको सत्य यहि होइनर ?

आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र नयाँ संस्करणको राजतन्त्र बिरुद्ध आवाज उठाउनेलाइ अझै पनि जेलमा कोच्ने प्रचलनलाइ बैधानिक बनाइएको छ । अन्याय, भ्रटाचार र अशान्तिका बिरुद्द शान्ति, न्याय र शिष्टाचार मार्फत् अपुरा राजनीतिक मुद्दाहरुलागि आवाज उठाउनेहरुको निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्को पुस्ता जन्मनु अनिवार्य छ । यदि (ओ(अ) प्रिय सत्तासीन लाल मित्रहरु तिमी बन्दुकले होइन विवेकले शासित छौ भने र राजनैतिक नैतिकताको झिनो अंश बाँकि छ भने अघिल्लो राजतन्त्रदेखि पछिल्लो तिम्रो राजतन्त्रसम्मका सबै झुठ्ठा मुद्दा माघ अन्तिम दिन अगेनामा जलाउ र फागुन १ मा निसर्त आममाफी सहित शान्तिका परेवा गणतन्त्रको नील गगनमा उड्न देउ ।

सलाम
महान नेपाली जनता
उसको अदम्य साहसको बिद्रोह
जो महान थियो,
रहिरहने छ ( यो ‘प्लानेट’ रहेसम्म ।
तिमीले,
क्रान्तिकारीका हत्याराहरुसँग
रोज ‘रोज’ साटीरहदा
र, उनिहरुसँगै प्रेम गर्ने ‘प्रपोज’ दोहोर्याउदै गर्दा
हामी भने बिर्सने छैनौ–
फेब्रअरी १३ को आँधिहुरी,
तर बरु बिर्सने छौ १४ को भ्यालेन्टाइन ।

वि.सं.२०७६ फागुन १ बिहीवार ०७:४२ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...