back
CTIZAN AD

स्कुटी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

वि.सं.२०७६ फागुन १ बिहीवार

723 

shares

१ फागुन, काठमाण्डौ । स्कुटी दुर्घटनामा परेर नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिला शिलवालको मृत्यु भएको छ ।

भैरहवाबाट काठमाण्डौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र काठमाण्डौंबाट चितवन जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटी धादिङको गजुरीमा ठोक्किदा सिलवाल दिदी बहिनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्सपेक्टर भोजराज पाण्डेले संसारन्युजलाई बताएका छन् ।

मंगलबार बेलुका पौने ६ बजेतिर गजुरी गाउँपालिका वडा नं ३ को चान्बासमा दुर्घटना हुँदा दुई दिदी बहिनीको मृत्यु भएको बताइएको छ । हाल महिमाको शब गजुरी अस्पताल र बहिनी शर्मिलाको शब ट्रमा सेन्टरमा रहेको पनि इन्सपेक्टर पाण्डेले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनले बताए ।

कारबाही चलचित्रबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी महिमाले अप्रिल फूल, चिर्यस, दानव, जिग्जोलगायतका फिल्ममा काम गरेकी थिइन् ।

वि.सं.२०७६ फागुन १ बिहीवार ०९:४९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...