back
CTIZAN AD

स्तनपान कक्षसहित अपाङ्गता शौचालय निर्माण हुने

वि.सं.२०७६ फागुन १ बिहीवार

816 

shares

१ फागुन, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिका र सङ्घबीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो । कलङ्की, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच वर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जनाइएको छ ।

सम्झौताअनुसार शौचालय सञ्चालनमा आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम सङ्घले गर्नेछ । ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ । यसरी सङ्कलन भएको शुल्कबाट व्यवस्थापन र मर्मतसम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च गरिने सङ्घका कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले जानकारी दिए ।

सम्झौताअनुसार पहिलो चरणमा कलङ्की र कोटेश्वरमा निर्माण भएपछि बाँकी दुई स्थानको काम अघि बढाइने जनाइएको छ । महिला शौचालयमा स्यानिटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई वाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ । त्यस्तै बच्चालाई डाइपर फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो ।

चार वर्षदेखि सार्वजनिक शौचालय निर्माणबारे छलफल गर्दै आएको कामपाले पनि सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई सार्वजानिक शौचालय निर्माणमा पहिलो प्राथमिकतामा राखेको छ ।

नयाँ शौचालय निर्माणसँगै मौजुदा सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने जनाइएको छ । साथै पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा श्रेष्ठ जानकारी दिए ।

वि.सं.२०७६ फागुन १ बिहीवार १०:०९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...