back
CTIZAN AD

नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

वि.सं.२०७६ फागुन १ बिहीवार

687 

shares

१ फागुन , राँझा । नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ ।

बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्जलाई दिइएकोे उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज जानकारी दिए ।

पाँच वर्षको लागि सञ्चालनको जिम्मेवारी प्राप्त गरेको सप्लायर्सका सञ्चालक सन्तोष केसीले जानकारी दिए । बसपार्कलाई व्यवस्थित सुन्दर र सफा आकर्षक बनाउन आफूहरुले पहिलो ध्यान दिने सप्लायर्सका अर्का सञ्चालक राकेश रानाले जानकारी दिए । “नेपालगञ्जको आधुनिक बसपार्कको व्यवस्थापन जिम्मेवारी पाउनु हाम्रो लागि ठूलो अवसर हो ।” उनले भने, “यो जिम्मेवारी पाउँदा हामी उत्साहित छौँ, उपमहानगरपालिकासँग गरिएको शर्तभन्दा अझ बढी राम्रो काम गरेर देखाउने छौं।”

चार बिघा १० कट्ठा जग्गामा रु १६ करोड १६ लाखको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । बसपार्कमा १२३ ठूला र ५६ साना बस राख्न सकिने क्षमता छ । उपमहानगरपालिकाले सम्पूर्ण बस बसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेपछि बसपार्कमा चहलपहल बढेको छ ।रासस

वि.सं.२०७६ फागुन १ बिहीवार १०:२१ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...