back
CTIZAN AD

नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान, विद्यालयलाई सहयोग र छात्रवृत्तिका लागि नगद प्रदान

वि.सं.२०७६ फागुन १ बिहीवार

855 

shares

पाँचथर । अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्ट’द्वारा दुई श्रष्टालाई साहित्य पुरस्कारबाट सम्मान गर्नुका साथै विद्यालयलाई सहयोग र छात्रवृत्तिका लागि नगद प्रदान गरिएको छ ।

नेम्वाङको वार्षिक स्मृतिका अवसरमा पाँचथरका उपन्यासकार, अनुसन्धानकर्ता, नाटककार तथा साहित्यकार डा देवी क्षेत्री दुलाल र झापाका कवि तथा समालोचक मुनाराज शेर्मालाई नगद एक लाख राशि सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

सोही अवसरमा “अमर नेम्बाङ लिम्बु ट्रष्ट”द्वारा मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैया, स्थानीय फाल्गुनन्द– ३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयहरू फक्ताङलुङ वाल बिकास आधारभूत विद्यालयलाई ५० हजार रुपैंयाँ व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर नेम्बाङ मार्फत र स्थानीय पद्मकन्या आधारभूत विद्यालयमा अध्यनरत बिध्यार्थीको छात्रवृतिको निमित्त १२ हजार रूपैयाँ विद्यालयका प्रधानध्यापक लक्षमण नेम्बाङलाई नगद सहयोग रकम प्रदान गरिएको थियो । साथै केही समय अघि आगलागिबाट घर जलेका फाल्गुनन्द–३, गुम्बाडाँडाका धनकुमार तामाङलाई पनि हाल युएसएमा रहेका ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङको पहलमा संकलन गरिएको ५० हजार सहयोग रकम सोही समयमा नगद हस्तान्तरण गरिएको थियो।

नेम्वाङको जन्म स्थान:
फाल्गुनन्द-३, पौवासारतापको शिलौटीफेदीमा रहेको अमर नेम्वाङ स्मृति रंगशालामा आयोजित कार्यक्रमका संयोजक रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव डा।तुलसी प्रसाद भट्टराईबाट पुरस्कर प्रदान गरिएको थियो ।कार्यक्रममा आख्यानकार कृष्ण बराल, कवि प्रेम ओझा, सन्देश सुब्बा, प्रकाश थाम्सुहाङ्ग, मिना राई, गजलकार बालिका थपलिया, नुनाम केरुङ्ग, दुर्गाराज भट्टराई, गायक खड्ग बोहोरा, सुरेन शिशिर केरुङ्ग, गजलकार तथा वक्ता मधु केरुङ्ग लगायतले श्रद्धासुमन सहित उनको जिवनीको चर्चा गरेका थिए ।इलाम, झापा र पाँचथरका साहित्य प्रेमीको समेत उपस्थित रहेको स्मृति दिवसमा श्रष्टाहरुले रचना वाचन गरेका थिए ।

फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदकै समयमा उनको स्वर्गारोहण भएको थियो । साहित्यिक मात्र नभएर सामाजिक र राजीतिक क्षेत्रमा समेत बिशिष्ट योगदान गर्दै आएका नेम्वाङको सम्झनामा समाजमा गरिएका सकारात्मक काम र योगदानलाई प्रोत्साहन गर्ने उदेश्यले ट्रष्टको स्थापना गरिएको ट्रष्ट अध्यक्ष नेम्वाङका जेठा छोरा मुनिन्द्र नेम्बाङले जानकारी दिए ।

ट्रष्टले विभिन्न विधामा कलम चलाउने श्रष्टा,शैक्षिक तथा मिडिया क्षेत्र लगायतलाई बर्सेनि सम्मान गर्ने उनले जानकारी दिए । हाल उनी अमेरिकमा रहेर आफ्नो जन्म भूमिको लागि हरेक क्षेत्रमा मद्दत गर्दै आएका छन् ।

को हुन् स्व. नेम्वाङ ?
फाल्गुनन्द गाउँपालिका-३,पौवासारताप निवासी स्व. नयेन्द्रराज (नरबीर) नेम्बाङ र माता श्रीहाङमा थाम्सुहाङको माहिला छोराको रूपमा वि.सं। १९९८ सालमा उनको जन्म भएको थियो ।

उनले गाउँकै मनरत्न मिडिल स्कुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका थिए । त्यस पछि भारतको St. Joseph’s College, North Point Darjeeling बाट 1966 मा Bachelor Degreeसकाएका थिए र त्रिभुवन विश्वविध्यालयबाट 1969 मा Master Degreeगरिसकेपछि उनि आफ्नो गाउँ बस्न थालेका थिए ।

आफ्नो मात्र प्रगतिले गाउँ,समाज र गाउँलेको जीवनमा कुनै परिवर्तन ल्याउँन सक्दैन भन्ने उहाँको सोचका कारण अध्यन पछि उनी जागिर तथा शहरिया जीवन तर्फ कल्पना नगरी ग्रामीण क्षेत्रको सेवामा सक्रिय रहे ।

वि.स.२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनको जनपक्षिय नेपाली कांग्रेसको तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक पटक साविक पौवा सारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष निर्वाचित भए। तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, र गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित भए । नयाँ संम्रचना अनुसार ७५३ वटै स्थानीय तहको सरकार मध्ये नेम्बाङले फाल्गुनन्द गाउँपालिकामा मात्र आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनलाई प्राथमिकताका साथ संन्चालन गरेका कारण उतिवेला उनी देशभर चर्चामा आएका थिए ।

अन्तमा गाउँपालिका अध्यक्ष कार्यरतमै वडाको एक कार्यक्रममा सम्बोधन गर्दै गर्दा ढले । त्यस पछि उपचारमा लैजाँदै गर्दा बाटोमा उनको २०७५ माघ २६ गते ७७ वर्षको उमेर सधैंको लागि अस्ताए । उनका तीन छोरा मुनिन्द्र, सुनिन्द्र, गुनिन्द्र, एक छोरी इन्दिरा, श्रीमति चन्द्रकला थाङदेन साथै नातानातीनाहरु छन् ।

उनी लिम्बु समुदायमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् । केहि समय अमेरिकमा उनले बसोबास गरेका थिए । त्यहीँ रहँदा उनले विश्व साहित्यको अध्यन गर्दै यस क्षेत्रमा कलम चलाए।उनका अमेरिका भ्रमणका केही सम्झनाहरू, सम्झनाका तरेलिहरु र एक साँझको अवसान नामक कविता संग्रह लगायत अन्य थुप्रै लेख रचनाहरु प्रकाशित छन् ।

२०७५ सालमा नेपाल सरकारले उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित भएका उनको पछिल्लो समयमा राजनीतिज्ञ, बिश्लेशक तथा विज्ञहरुले पनि उनको जिवनी अध्यन गर्न थालेका छन् ।

नेपाली काँङ्ग्रेसको तर्फबाट निर्वाचित भएका अध्यक्ष नेम्वाङ ग्रामीण क्षेत्रमा समाज सेवा गर्ने इच्छा शक्ति भएका अभिभावक तथा जनप्रिय नेता मात्रै हैनन् उनी सरल र भावुक इकोराइटर पनि हुन् ।

वि.सं.२०७६ फागुन १ बिहीवार १८:३६ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...